
काठमांडौ, नेपाल।
शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेत लाई काठमांडौ जिल्ला विशेष अदालत बाट पाँचदिनको म्याद थप भएकोमा आब जिल्ला जिल्ला बाट आन्दोलन सुरुहुने संकेत देखिएको छ। तीनकुने घटनामा संलग्न रहेको आरोपमा प्रहरीले शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई संयुक्त जनआन्दोलन संघर्ष समितिको बैठकस्थल उनलाई सुकेधारा बाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहरा द्वारा पक्राउ गरिएको थियो।




नेपाल सरकारले आफ्नो कालो कर्तुत लुकाउने र आफुहरु कसैले केही नभनोस तथा भन्नेहरुलाई जसरी पनि मुख थुन्ने कार्य गरिरहेको कुरा छर्लङ्ग भएको देखिएको शिवसेना नेपालको ठहर रहेकोे आरोप रहेको तथा गत चैत्र १५ गतेको घटनामा पक्राउ परेका सम्पुर्ण लाई बिना सर्त रिहाई गर्न मांग रहेको शिवसेना नेपालले जनाएको केन्द्रिय सदस्य मुना प्रशाद साहले जानकारी गराएका छन्।
शिवसेना नेपालका केन्द्रिय सचिवालय सदस्य तथा अध्यक्ष बस्नेतका स्वकीय सचिव रामचन्द्र भट्टराई, पृथ्वी झा, रंजीत चौधरी, राजकिशोर साह, सुनिल खड्का, जनकलाल साह, काभ्रेपलानचोक जिल्ला अध्यक्ष हुरेन्द्र लामा, पर्सा जिल्लाका उमाशंकर प्रशाद कलवार, राजेस चौहान, दिनेश साह कानु, प्रेमशिला देवी, उमराउती देवी, बारा जिल्लाका प्रेम साह कानु, नेहा गिरी, बिनोद महरा, खुस्बु खातुन, आर्ती कुमारी, रुपन्देही जिल्ला उपाध्यक्ष कृष्ण चन्द्र मिश्र, महोत्तरीका जिल्ला उपाध्यक्ष संजय साह लगायतकाले नेपाल सरकार लाई आफ्नो गलत रवैया प्रती न सचिय अब हरेक ठाउँबाट जन आन्दोलन गर्ने चेतावनी दिएका छन् ।






Comments are closed, but trackbacks and pingbacks are open.