
एम पि साह, काठमाडौं, नेपाल।
तीनकुनेमा भएको राजावादी आन्दोलनलाई जोडेर प्रहरीले पक्राउ गरेका शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत बाबाले जिल्ला अदालतमा न्यायाधीशलाई भारी प्रश्न गरेका छन्। मंगलबार म्याद थपका लागि अदालतमा उपस्थित गराइएका बस्नेतले न्यायाधीशलाई सोधे,‘सरकारले न्यायालय चलाउने हो कि न्यायालयले सरकार?’



४६ दिनदेखि सरकारले दुख दिएर आस्थाका बन्दीमाथि निरन्तर म्याद थप गरिरहेको विषयमा बस्नेतले बलियो प्रश्न उठाउँदा न्यायाधीश जवाफबिहीन भएको शिव सेना नेपालले जनाएको छ। देशमा रहेका प्रमुख तीनवटा अंगहरुमा राजनीतिक न्युक्ती र मनोनीत बाट गरिने न्युक्तिको कारण शक्ति पृथिकरण नभएकोले देश डुब्न लागेको देखिएको छ। सोही कारण प्रमुख अंगहरुमा गरिने राजनीतिक न्युक्ती र मनोनीत तथा देशमा हरेक पार्टीहरुको भात्री संगठन खारेजी गरि देशमा व्याप्त रहेको राजनीतिक प्रतिशोध, भ्रष्टाचार, अनियमितता, अनैतिकता, अराजकता लगायतका बेतिथिहरु जराबाट उखेलेर फाल्न संविधानमा उल्लेखित कानुन लाई तत्काल संसोधन गरि त्यस्ता कानुन राष्ट्रको राष्ट्रियता, गौरव, तथा सम्पूर्ण नेपाली जनताको हक हितका लागि त्यस्ता कानुन खारेजी गर्न जोड्दार मांग रहेको छ। जस्तै प्रहरी प्रमुख, सेना प्रमुख, अख्तियार प्रमुख, राजदूत, गभर्नर, तथा हरेक पार्टीको सुभेक्षुक संस्थाको रूपमा रहेकोको प्रत्रकार संगठन, विद्यार्थी संगठन, अधिवक्ता संगठन लगायतका संस्था एवं संगठन खारेज गर्न अत्यन्त आवश्यक रहेको हाम्रो ठहर रहेकोे छ भन्ने शिवसेना नेपाल स्थायी कमिटी सदस्य शिबिर बिक्रम शाहले बताए।

लोकतन्त्रको सुन्दर पक्ष भनेकै फरक मत र फरक दृस्टिकोण स्वतन्त्र रूपमा प्रस्तुत गर्न पाउनु हरेक नागरिकको मौलिक अधिकार हो तर यहाँ राजाको पालामा बोल्न पाइदैन थियो भनेर भ्रम फैलाउने र फरक आस्था राखेकै कारण संविधानको मर्म बिपरित अपराधी जस्तै पक्राउ गर्नु झुठो मुद्दा लगाउनु घोर आपत्तिजनक क्रियाकलाप रहेको शाहले जनाएका छन्।
राज्य पक्षबाट यस्तो अनैतिक क्रियाकलाप हुने हो, गरिने हो भने षड्यन्त्रपुर्वक ल्याइएको नेपाली माटो संग नशुहाउने संविधान किन चाहियो यो यस्तो व्यवस्था भन्ने प्रश्न खडा गरिएको हो । शिव सेना नेपालका अध्यक्ष बस्नेत (बाबा) लाई फरक आस्था राखेकै आधारमा राज्यद्वारा अपमानजनक तरिकामा जुन किसिमले झुठो मुद्दा दाएर गरिएको छ, यसको हामी घोर बिरोध गर्दैछौं, आस्थाका हरेक बन्दिहरु लाइ बिनासर्त अविलम्ब रिहाई गरियोस् भन्ने सरकार संग हाम्रो विनम्र निवेदन रहेको शिवसेनाले जनाएका छन्।
वीर गोर्खालीको सन्तान भएको कारणले गर्दा अन्यायको विरुद्ध लड्न हामीले गर्वमानै सिकेका छौ, तेसकारण सम्पुर्ण गोर्खालीको सन्तान चाहे त्यो राजनीतिक, प्रसासनिक, सेना, प्रहरी वा न्यायीक क्षेत्रमा आबद्ध भएका हुनुहुन्छ अब सत्यको साथमा उभिनु पर्दछ भन्ने हामी हार्दिक अनुरोध गर्दैछौं। समपुर्ण वीर गोर्खालीको सन्तान धर्म हरेक तह तप्काका नागरिक, पेशाकर्मी, कलाकार, पत्रकार, खेलाडी सबैमा शिव सेना नेपालले आग्रह गरेको बारे शिव सेना नेपालका केन्द्रिय सदस्य सुनिल खड्काले सि आई एन संग कुरा गर्दै जानकारी गराएका छन्।






Comments are closed, but trackbacks and pingbacks are open.