CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मानसिक स्वास्थ्यप्रति जनचेतना फैलाउने उद्देश्यसहित प्रहरी र जैन समाजको संयुक्त आयोजनामा तनाव व्यवस्थापनसम्बन्धी कार्यक्रम सम्पन्न

फेटा GP PSA
175
सिम्रौन्गढ़ नपा psa

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–१० स्थित जैन हलको प्राङ्गणमा एक विशेष तनाव व्यवस्थापन कार्यक्रम सम्पन्न भएको छ। वडा प्रहरी कार्यालय बिर्ता पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा, तथा जैनस्वेताम्बर तेरापन्थी सभा वीरगञ्जको सहयोगमा उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको हो। कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी प्रमुख निरीक्षक निरोज चौलागाई र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्र.नि. लोकराज भट्ट सहित अन्य प्रहरी अधिकृत तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Karaiya Mai Notice Winter

कार्यक्रमको प्रमुख आकर्षण जैन धर्मगुरुहरूको मार्गदर्शनमा तनाव व्यवस्थापनसम्बन्धी व्याख्यान तथा अभ्यास रहेको थियो। धर्मगुरुहरूले प्रहरीजस्तो जिम्मेवार पेशामा कार्यरत व्यक्तिहरूले भोग्ने दैनिक कार्यदबाब, पारिवारिक जिम्मेवारी, सामाजिक अपेक्षा र ड्युटीको मानसिक दबाबलाई कसरी सकारात्मक ढंगले व्यवस्थापन गर्न सकिन्छ भन्नेबारे गहिरो मार्गदर्शन प्रदान गरे। कार्यक्रममा सहभागी प्रहरी कर्मचारीहरूले यस्तो मानसिक स्वास्थ्य केन्द्रित कार्यक्रम अत्यन्त उपयोगी भएको प्रतिक्रिया दिएका छन्। उनीहरूले यस्ता कार्यक्रमहरू भविष्यमा पनि निरन्तर रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्। कार्यक्रमको अन्त्यमा आयोजक प्रहरी इकाइहरूले जैन समाजप्रति आभार प्रकट गर्दै, यस्ता कार्यक्रमहरूले प्रहरी संगठनभित्र दीर्घकालीन मानसिक सशक्तिकरण र मनोबल वृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश