
बारा, कलैया।

बारा जिल्ला कलैया उपमहानगरपालिका वडा:-१ मोतिबाग स्थित माँ मायादेवी मेमोरियल अस्पताल एक कार्यक्रम बिच उद्घाटन भएकोछ। कलैया नगर प्रमुख बिनोद साह को प्रमुख अथित्वमा भएको कार्यक्रममा कलैया उपमहानगरपालिका वडा:-१ का वडा अध्यक्ष मोहन बहादुर क्षेत्री, शिक्षक बिनोद पासवान, भरत साह बिकास सिंह, शशी दास लगायतले आआफ्नो मन्तव्य राखेका थिए।



अस्पतालमा २४ औं घण्टा इमर्जेन्सी सेवा,ओ .पि .डी./आइ .पि . डि., जेनरल मेडिसिन, जेनरल सर्जरी, स्त्री तथा प्रसुती रोग, बाल रोग ओ.पि. डि. छाला तथा यौन रोग/ECG,ECHO, नाक, कान, तथा घाँटी रोग, हाडजोर्नी नशा रोग तथा बाथरोग, मुटु, छाती, पेट, मृगौला, ग्रन्थी र चिनी रोग, प्याथोलोजी सेवा, भिडियो एक्सरे, दन्त रोग सेवा, फार्मेसी सेवा, एम्बुलेन्स सेवा, फिजियोथेरापी सेवा लगायतका सेवा उपलब्ध रहेको अस्पताल संचालक डा. सुरेन्द्र साहले जानकारी गराएका थिए।






Comments are closed, but trackbacks and pingbacks are open.