

बारा, कलैया।

बारा जिल्ला कलैया उपमहानगरपालिका वडा:-१ मोतिबाग स्थित माँ मायादेवी मेमोरियल अस्पताल एक कार्यक्रम बिच उद्घाटन भएकोछ। कलैया नगर प्रमुख बिनोद साह को प्रमुख अथित्वमा भएको कार्यक्रममा कलैया उपमहानगरपालिका वडा:-१ का वडा अध्यक्ष मोहन बहादुर क्षेत्री, शिक्षक बिनोद पासवान, भरत साह बिकास सिंह, शशी दास लगायतले आआफ्नो मन्तव्य राखेका थिए।



अस्पतालमा २४ औं घण्टा इमर्जेन्सी सेवा,ओ .पि .डी./आइ .पि . डि., जेनरल मेडिसिन, जेनरल सर्जरी, स्त्री तथा प्रसुती रोग, बाल रोग ओ.पि. डि. छाला तथा यौन रोग/ECG,ECHO, नाक, कान, तथा घाँटी रोग, हाडजोर्नी नशा रोग तथा बाथरोग, मुटु, छाती, पेट, मृगौला, ग्रन्थी र चिनी रोग, प्याथोलोजी सेवा, भिडियो एक्सरे, दन्त रोग सेवा, फार्मेसी सेवा, एम्बुलेन्स सेवा, फिजियोथेरापी सेवा लगायतका सेवा उपलब्ध रहेको अस्पताल संचालक डा. सुरेन्द्र साहले जानकारी गराएका थिए।





