विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जिल्ला प्रशासन कार्यालय पर्सामा शिवसेना द्वारा ज्ञापन, आस्थाका बन्धिहरुलाई पनि विना सर्त हिरासतबाट मुक्त गर्न मांग

सिम्रौन्गढ़ नपा psa

एमपी साह, बीरगंज, पर्सा।

२०८१ चैत १५ गते आम नागरिकहरुद्वारा आयोजना गरिएको शान्तिपूर्ण जुलुस एकाएक उम्र भिडन्तमा परिणत भै सर्वसाधरणको धनजनको क्षति भएको प्रति शिवसेना नेपाल गहिरो दुःख एवं सहिद प्रति ज्ञापन पत्रमार्फत हार्दिक श्रद्धान्जली व्यक्त गरेका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

तीनकुनेमा भएको राजावादी आन्दोलनलाई जोडेर प्रहरीले पक्राउ गरेका शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत (बाबा) लाई फेरि चारदिनको म्याद थप गर्दै समय लाई झारा टार्ने कार्य गरेकोले शिवसेना नेपाल पर्सा जिल्ला समितिले गत जेष्ठ ५ गते जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी लाई ज्ञापन पत्र बुझाएका छन्।

Karaiya Mai Notice Winter

जुलुस उग्र र अनियन्त्रित आन्दोलनमा परि घाइते हुनुको पछाडी धेरै रहस्यहरु सामाजिक सञ्जालमा देखिएकाको कुरा उल्लेख गरेका छन् । राज्य, सत्ता र तिनका नेतृत्वलाई खबरदारी गर्ने निर्दोष शासन प्रणालीका लागि जायज मांग लिई आन्दोलन गर्नु नागरिकको दायित्व हो । सत्ताको उद्धमाद उन्मक्त नेतृत्वलाई झस्काउन र नमाने पाखा लगाई सचेत नागरिकले पहरेदारी गर्नै पर्दछ भन्ने यसै सविधानले खुलेरै बोलेको छ। तर सत्य र तथ्यहिन विनाआधार सर्वसाधारण नागरिकलाई पक्रेर थुनामा राख्नु सविधानको उपहास भएको हामीले महसुस गरेका छौ भन्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ।

२०८२ वैशाख २८ गते एकाएक शिवसेना नेपालका केन्द्रिय अध्यक्ष अनिल बस्नेत लाई धरपकड गरी हिरासतमा राख्ने कार्य गरिएको छ। वैदिक सनातन हिन्दू धर्मको दर्शनलाई आफ्नो सैद्धान्तिक विचार ठान्ने धार्मिक व्यक्ति माथि झुटा मुद्धा र लालछना लगाउन समग्र हिन्दू धर्ममाथिको प्रतिसोध गरेको शिवसेना नेपालले ठानेको छ। स्वधर्म संस्कार, संस्कृति र आत्म सम्मानका लागि हर प्रकारको संघर्ष गर्न तयार रहेको शिवसेना नेपालले धार्मिक व्यक्ति माथि गरिएको अत्याचारको घोर विरोध गर्दछ। अतः शिवसेना नेपालका केन्द्रिय अध्यक्ष अनिल बस्नेत (बाबा) तथा शान्तिपूर्ण आन्दोलनमा भाग लिइएका सम्पूर्ण आस्थाका बन्धिहरुलाई पनि विना सर्त हिरासतबाट मुक्त गरियोस भन्ने मांग समेत ज्ञापन पत्रमा उल्लेख गरेका छन्। अन्यथा शिवसेना नेपालको अनुरोधलाई बेवास्ता गरियो भने, पछि हुन गएको कुनै पनि आन्दोलनको जिम्मा स्वयं नेपाल सरकारले लिनुपर्दछ भन्दै यो ज्ञापन पत्र मार्फत चेतावनी दिदै पर्सा जिल्ला प्रजिअ लाई बुझाएका छन्।

ज्ञापन पत्र बुझाउन शिवसेना पर्साका अध्यक्ष उमाशंकर प्रशाद कलवारको नेतृत्वमा अनिल कुमार यादव, रामानन्द दुवे, राकेध गिरी, रंजीत कुमार चौधरी, असर्फी साह, उमाकान्त प्रसाद कलवार, जनक लाल साह तथा पृथ्वी प्रसाद झा लगायतकाले पत्र बुझाएका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.