विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

डेसिमल कलेजको “फेयरवेल मीट एण्ड ग्रीट” कार्यक्रम सम्पन्न

सिम्रौन्गढ़ नपा psa

बीरगञ्ज – डेसिमल कलेजले आज होटल क्लार्क रिसोर्टमा “फेयरवेल मीट एण्ड ग्रीट” शीर्षकमा कक्षा १२ का विद्यार्थीहरूलाई विदाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमको अध्यक्षता कलेजका डाइरेक्टर सन्नी दुबेले गरेका थिए भने प्रमुख अतिथिका रूपमा श्रम अदालत काठमाडौंका न्यायाधीश शैलेन्द्र चौरसिया उपस्थित थिए। विशिष्ट अतिथिका रूपमा पर्सा जिल्ला प्रहरी प्रमुख गौतम मिश्रा, लक्ष्मीकान्त साह सहभागी थिए। साथै, अतिथिहरूमा राम विनय चौरसिया, कृष्णा प्रसाद यादव, दीपेन्द्र श्रीवास्तव लगायत पत्रकार, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

कार्यक्रममा बोल्दै पर्सा जिल्ला प्रहरी प्रमुख गौतम मिश्राले विद्यार्थीहरूलाई अनलाइन ठगी र स्क्यामबाट सतर्क रहन सुझाव दिनुभयो। उहाँले डिजिटल युगमा सूचना प्रविधिको प्रयोगसँगै बढ्दो साइबर अपराधका घटनाहरूबाट सचेत रहन आग्रह गर्नुभयो ।

कार्यक्रममा विद्यार्थीहरूद्वारा सांस्कृतिक प्रस्तुति, अनुभव सन्देश तथा सम्मान वितरण जस्ता विविध कार्यक्रमहरू सम्पन्न भएका थिए। कलेजका डाइरेक्टर दुबेले आफ्नो सम्बोधनमा विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै परिश्रम, अनुशासन र इमानदारीलाई जीवनको मार्गदर्शक बनाउन प्रेरणा दिनुभयो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.