CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

ब्राईट प्लस टु कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई प्रेरणादायी मोटिभेसनल तालिम

फेटा GP PSA
294
सिम्रौन्गढ़ नपा psa

वीरगञ्ज – वीरगञ्जस्थित ब्राईट प्लस टु कलेजले कक्षा १२ मा अध्ययनरत विज्ञान र व्यवस्थापन संकायका विद्यार्थीहरूलाई लक्षित गर्दै प्रेरणादायी तालिम सम्पन्न गरेको छ । वीरगञ्जको नगरसभा गृहमा आयोजित कार्यक्रममा विद्यार्थीलाई भविष्यको लक्ष्य निर्धारण, जीवनमा आत्मविश्वास, सीप विकास र सामाजिक उत्तरदायित्वका विषयमा मार्गदर्शन दिइएको थियो । कलेजका प्रबन्ध निर्देशक मुकेश गुप्ताको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले अहिलेको पुस्ता देशको भविष्य भएकाले उनीहरूमा आवश्यक मार्गदर्शन र प्रेरणा दिनु आजको आवश्यकता भएको बताउनुभयो । उहाँले भन्नुभयो, “देशले आजको विद्यार्थीहरूसँग धेरै अपेक्षा राखेको छ। सफल हुनका लागि आत्मचिन्तन, लक्ष्य निर्धारण र निरन्तर प्रयास आवश्यक छ। जब इच्छा बलियो हुन्छ, कुनै पनि अवरोधले तपाईंलाई रोक्न सक्दैन।”

उहाँले आफ्नै अनुभव सुनाउँदै, अन्तिम समयमा तयार भएर पनि लोकसेवामा पहिलोपटकमै नाम निस्किएको उदाहरण प्रस्तुत गर्दै मेहनत र आत्मविश्वासको महत्त्वमा जोड दिनुभयो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

कार्यक्रममा मञ्जुश्री फाइनान्स वीरगञ्जका प्रबन्धक दिगम्बर थापाले विद्यार्थीहरूलाई पैसाको पछि नलागी आफ्नो सीप र दक्षता विकासमा ध्यान दिन प्रेरणा दिनुभयो। उनले भने, “काममा समर्पण, धैर्यता र निष्ठा भए सफलता र पैसा आफैं आउनेछ।”

Karaiya Mai Notice Winter

कार्यक्रममा मानव सेवा आश्रमका देवेश गुप्ताले विद्यार्थीहरूलाई विभिन्न मोटिभेसनल सत्रमार्फत नेतृत्व विकास, सामाजिक उत्तरदायित्व, मानवीय मूल्य, भविष्यको पथचिन्ह, ’के बन्ने’ र ’के पढ्ने’ जस्ता विषयमा प्रशिक्षण दिनुभयो। उनले विद्यार्थीलाई उद्देश्यप्रति स्पष्ट रहन र मनले चाहेको विषय रोज्न प्रेरित गरे।

कार्यक्रममा अधिवक्ता चन्द्रिका प्रसाद पटेल, भोजपुरी प्रतिष्ठान वीरगञ्जका सदस्य श्याम सर्राफ, चलचित्र पत्रकार संघ नेपाल पर्साका अध्यक्ष सूर्यनारायण विक, सिए सतिश पाण्डे, समाजसेवी दिगम्बर गुप्ता लगायतले मन्तव्य राख्दै विद्यार्थीहरूलाई कसैको दबाब वा चलनको पछि नलागी आफ्नो रुचिअनुसारको क्षेत्र पहिचान गर्न सुझाव दिए । कलेजका प्रबन्ध निर्देशक मुकेश गुप्ताले विद्यार्थीलाई समयमै लक्ष्य बनाउने, मेहनत गर्ने र आफूभित्रको क्षमता चिन्नुपर्ने कुरामा जोड दिँदै भन्नुभयो, “विद्यार्थीको सफलता नै कलेजको गर्व हो। हामी विद्यार्थीको समग्र विकासमा प्रतिबद्ध छौं।”

कलेजका संयोजक गोविन्द गुप्ता, प्रशासन प्रमुख अखिल पटेल लगायतले पनि विद्यार्थीहरूलाई अध्ययनसँगै सकारात्मक सोच, आत्मानुशासन र नेतृत्वदक्षता विकास गर्न सुझाव दिएका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश