
काठमांडौ, नेपाल।
दलगत भावना बाट सञ्चालनमा रहेका प्रशासन र केही सिमित पार्टीका शिर्ष नेताहरुले देशमा लोकतन्त्रको नाममा लुटतन्त्र मचाउने देशका घातकहरुका समुहले जनताको मुख थुन्न लाई निषेधाज्ञा जारी गरेको शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत (बाबा) ले ठहर गरेका छन्।




देशमा व्याप्त विकृती विसंगति वेतिथी तथा भ्रष्टाचारी लगायतका गतिविधि लाई अंकुश लगाउन राजसंस्थाको विकल्प नरहेको बताउदै अब पनि जागरुक नभए देश वेदेशीको हातमा जाने प्रबल संभावना रहेको दृष्टान्त गर्दै हरेक नेपालीको रगतमा नेपालीपन रहेको र सोही अनुरुप निरन्तर संघर्ष गर्दै आएको छ। नेपाल लाई जोगाउन हरेक नेपालीले राणालाई पनि प्रास्त गर्दै नेपाल लाई गुलाम हुन बाट जोगाएको इतिहास रहेको छ। ठिक त्यस्तै आफ्नै देशमा रहेका रावनरुपी राणाहरु बाट देश लाई जोगाउन नेपाली जनता लाई आ-आफ्नो ठाउँबाट लाग्न बस्नेत बाबाले आह्वान गरेका छन्।
आफ्नै देशको जनताका लागि आतंककारी जस्तो व्यवहार गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम जिल्ला सुरक्षा समिति काठमाडौंको सिफारिस समेतका आधारमा मिति २०८२/०१/२४ गतेको सूचना बमोजिमको निषेधित क्षेत्रका अतिरिक्त देहायको क्षेत्रमा मिति २०८२/०२/१७ गतेदेखि लागु हुने गरी मिति २०८२/०३/२४ गते सम्मका लागि पाँच जनाभन्दा बढि व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरिएको छ।
निषेधित क्षेत्रहरु नारायणहिटी दरवार संग्रहालय क्षेत्रः- केशरमहल चोकदेखि नारायणहिटी दरवार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म, महेन्द्र सालिक हुँदै नारायणहिटी दरवार संग्रहालय दक्षिण गेट सम्म घोषणा गरेका छन्।






Comments are closed, but trackbacks and pingbacks are open.