
काठमांडौ, नेपाल।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालको संगठन सुदृढीकरण तथा विस्तारित बैठक लोकतान्त्रिक मुस्लिम संघको आयोजनामा गरिएको हो। मुस्लिम संघका केन्द्रिय अध्यक्ष डा. कमरुल्लाह अंसारीको अध्यक्षता तथा पार्टीका प्रवक्ता एवं उपाध्यक्ष डा. अभास लाभको प्रमुख आतिथ्यतामा बैठक भएको हो। मुस्लिम समुदायलाई संगठनलाई कसरी अबल र सबल हुन सक्छ भन्ने बारेमा व्यापक छलफल गरिएको हो।



नेपाल सरकारले कालो अनुहार र भेषभुसा र भासाको अधारमा भेदभाव गर्ने नश्लीये चिन्तनको अधारमा गर्ने गरिएको विभेद लाई अन्त्य गर्न सम्पूर्ण समुदाय लाई एक जुट भएर लोकतान्त्रिक मुस्लिम संघ लाई मजबुत बनाई आउदो २०८४को चुनावमा लोसपा नेपाललाई बहुमत दिएर निर्वाचित गराउनुको विकल्प नरहेको ठहर गर्दै अभासलाभले आफ्नो शुभकामना मन्तव्य राखेका थिए।
त्यस्तै विशिष्ट अतिथी मनिष मिश्राले सभा लाई सम्बोधन गर्दै जब सम्म मुस्लिम समुदाय शिक्षामा अगाडि नबढे मधेश र देशको विकासको सम्भावना नरहेको बताएका थिए। मधेश प्रदेशको रौतहट जिल्ला अझै साक्षर नभएको कुरा राख्दै नेपाल सरकारले मधेश संग सदियौ देखि विभेद गर्दै आएको उल्लेख गरेका थिए।

लोकतान्त्रिक महिला संघका अध्यक्ष मिनु ठाकुरले आफ्नो शुभकामना मन्तव्य राख्दै मुस्लिम महिलाहरुमा पनि सर्व प्रथम शिक्षामा जोड दिदै साक्षर बाट उच्च शिक्षामा अग्रसरतामा ध्यानाकर्षण गर्न नितान्त आवस्यक रहेकोे बताइन्। किनकी शिक्षा कै अधारमा स्वास्थ्य पनि निहित रहेकोले लोकतान्त्रिक महिला संघ लाई मजबुत पारी आफ्नो शिक्षा स्वास्थ्य लगायत सबै विभेदको अन्त्य गर्न अगाडि बढ्नु पर्छ भन्ने कुरा ठाकुरले बताइन।

लोकतान्त्रिक मुस्लिम संघका केन्द्रिय अध्यक्ष डा. कमरुल्लाह अंसारीले सहभागी तथा सहयोगी हाथहरु लाई धन्यवाद ज्ञापन गर्दै मुस्लिम समुदाय लाई आफ्नो अधिकार सुनिश्चित गर्न सम्पूर्ण मुस्लिम समुदाय लाई एक जुटहुन आग्रह गरेका थिए। मधेश तथा देश लाई निर्माणमा समयको विभिन्न कालखण्डमा ज्यानको आहुती समेत दिएको तर नेपाल सरकार हामी माथी विभिन्न बहानामा विभेद गरि हामीलाई पछाडि पारेको कुरा राखेका थिए।

कार्यक्रममा विशिष्ट अतिथी महासचिव मनिस मिश्रा, सह महा सचिव रेनु झा, लोकतान्त्रिक महिला संघका केन्द्रिय अध्यक्ष मिनु ठाकुर, लोकतान्त्रिक युवा संघको केन्द्रीय अध्यक्ष सुजन यादव लोकतान्त्रिक पत्रकार संघको केन्द्रीय अध्यक्ष काम्रेन्द्र वर्मा सन्तोष साह लगायतका प्रमुख व्यक्तित्वहरुको सहभागिता रहेकोे थियो। कार्यक्रम संचालन नेता प्रदीप पाठकले गरेको थिए ।






Comments are closed, but trackbacks and pingbacks are open.