विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

तामाङ चलचित्र संघ स्थापना दिवसको अवसरमा सम्मान कार्यक्रम

सिम्रौन्गढ़ नपा psa

शान्ति गुरुङ, काठमाडौं:

१७औ तामाङ चलचित्र संघ स्थापना दिवसको अवसरमा आयोजित सेमरी छोरङान पदक सम्मान कार्यक्रम गरिएको हो। संस्थाको अध्यक्ष दिपक लामाको सभापतित्व रहेको थियो भने प्रमुख अतिथिमा नेपाल चलचित्र बिकास बोर्डको अध्यक्ष दिनेश डिसिको हात बाट दिप प्रजोलन गरि कार्यक्रम उद्गघाटन गरिएको थियो। कार्यक्रम संचालक तामाङ चलचित्र संघ का महा सचिव उत्तर लामा गर्नु भएको थियो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

विशिष्ट अतिथिमा तामाङ कलाकार संघका अध्यक्ष विशाल काल्तान, विशेष अतिथिमा आदिवासी जनजाति चलचित्र महासंघका का. बा. अध्यक्ष भुईसल लामा, अतिथीहरुमा चलचित्र संरक्षण मंचका अध्यक्ष रोजन रखल, तामाङ चलचित्र संघ बागमती प्रदेशका अध्यक्ष दावा फिन्जो तामाङ, , पत्रकार संघका अध्यक्ष नेत्र तामाङ, उपाध्यक्ष तिर्थ मान बल, नमोबुद्ध खबरका संचालक जगत मान बल, यसैगरी विभिन्न संघ सस्था प्रतिनिति हरु पनि उपस्थित रहेका थिए।

सोही कार्यक्रममा सेमरी छोरङान पदक सम्मान बाट सम्मानित हुनेमा तामाङ चलचित्र क्षेत्रका लोकप्रीय नायक कुमार मोक्तान, नायिका लता योन्जन, र चर्चित गायक एंवम संगीतकार विश्व दोङ सम्मानित भएको थियो तेसै गरि अर्को सम्मान सेमरी छोरङान सम्मान बाट सम्मानित हुनेमा तामाङ चलचित्रका नायक दावा फिन्जो तामाङ, बरिस्ठ नृत्य निर्देशक दिनेश पाख्रीन, बरिस्ठ पत्रकार सुर्य मोक्तान, निर्माता तथा कलाकार प्रबल थिङ तामाङ,नायिका संगीता तितुङ गायिका बबिता पाख्रीन, गायक प्रतीक मोक्तान, लाई सम्मान गरेको थिए,भने बरिस्ठ पत्रकार डिलकुमारि नेपाल, शान्ति गुरुङ, संगम तिवारि, लगायतलाई बिधागत क्षेत्रमा कलम चलाएकाले प्रशसा पत्र सहित सम्मान गरिएकाे जानकारि बिनायक तामाङ दिनु भएकाे थियाे।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.