विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

प्रसौनी नाकाबाट तस्करी यथावत्, स्थानीय प्रहरीको मिलोमतो खुलासा

सिम्रौन्गढ़ नपा psa

वीरगंज – पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा पर्ने प्रसौनीभाठा नाकाबाट हुँदै हुने तस्करी रोकिनुको सट्टा झनै बढ्दै गएको भन्दै स्थानीयहरू आक्रोशित भएका छन्। उनीहरूका अनुसार नूनदेखि सुनसम्मका सामाग्रीहरू उक्त नाकाबाट अवैध रूपमा भित्रिने गरेका छन्।

स्थानीय स्रोतका अनुसार केही दिन अघि प्रसौनीभाठा नाकासम्बन्धी समाचार सार्वजनिक भएपछि तस्करीको गतिविधि दुई दिनको लागि रोकिएको थियो। तर त्यसपछि पुनः प्रहरी प्रशासनकै मिलेमतोमा तस्करी सुचारू गरिएको उनीहरूको आरोप छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

दिनको समयमा सुनसान देखिने प्रसौनी र अमरपट्टि नाकामा राति भने तस्करहरूको बाक्लो आवतजावत हुने गरेको जनाइएको छ। स्थानीयवासीहरूका अनुसार तस्करीमा संलग्न समूहलाई जिल्ला प्रहरी कार्यालय पर्साको अपराध अनुसन्धान शाखाका केही कर्मचारीहरूको प्रत्यक्ष समर्थन प्राप्त भएको छ।

Karaiya Mai Notice Winter

स्रोतका अनुसार प्रसौनीभाठा र अमरपट्टि नाकाबाट दैनिक करोडौं रुपैयाँ बराबरको कपडा भन्सार छलि नेपाल भित्र्याइन्छ। राजकुमार नामका एक कपडा तस्करसहित ६ जनाको समूह यस कार्यमा संलग्न रहेको बताइएको छ।

त्यसैगरी, तस्करीमार्फत कपडा, चल्ला, ब्रान, कवाड, र हड्डी समेत निर्वाध रूपमा नेपाल भित्र्याइने र ती सामाग्रीहरू बारा जिल्लाको जितपुरसम्म पुर्‍याइने गरिएको खुलासा भएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले सीमा क्षेत्र तथा सुरक्षा व्यवस्थामा कडाइ गर्न निर्देशन दिए पनि उही कार्यालयअन्तर्गतका अपराध अनुसन्धान शाखाका केही कर्मचारीहरूको संलग्नताका कारण तस्करी अझै बढिरहेको आरोप लाग्दै आएको छ।

तसर्थ : यस बिषयमा माथिल्लो निकायको ध्यान जान अति अवाश्यक देखिन्छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.