विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

दोस्रो बारा भेट्रान्स फुटबल प्रतियोगिताको उपाधी माथि कलैया भेट्रान रातोको कब्जा

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकामा रहेको श्री सिद्धेशवर संस्कृत माध्यमिक विद्यालयको खेल मैदानमा आयोजना गरिएको दोस्रो बारा भेट्रान फुटबल प्रतियोगितामा प्रथम पुरस्कार माथी कलैया फुटबल भेट्रान्स रातोले क्बजा जमाएको छ। कलैया फुटबल क्लबको आयोजनामा दोश्रो बारा भेट्रान्स २०८२को उपाधीका लागि मंगलबार भएको खेलमा कलैया फुटबल भेट्रान्सले एफ.सि. कमलडांडा भेट्रान हेटौडा लाई शुन्यको बिरुद्ध दुई गोलले पराजित गरि उपाधी कब्जा गरेका छन्।

Karaiya Mai Notice Winter
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

कलैयाका लागि कृष्ण शाक्य र शम्भु चौधरीले एक/एक गोल गरेका थिए । प्रतियोगिता बिजेता तथा उप बिजेतालाई कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नाथु साहले पुरस्कार बितरण गरेका थिए। उक्त प्रतियोगितामा मैन अफ द मैच कृष्ण शाक्य, बेस्ट गोल किपर संजय शाही, बेस्ट डिफेन्स ऐनल आचार्य, बेस्ट मिड फिल्डर कन्या सुभा, बेस्ट स्टाइकर र हाइ स्कोरर राज कुमार घिसिङ्ग, बेस्ट कोच रमेश साह र मेन अफ दि सिरिज कृष्ण शाक्यलाई प्रदान गरिएको हो भने प्रतियोगितामा प्रथम बिजेतालाई ५१ हजार, दोस्रो लाई २५ हजार ५०१ प्रदान गरिएको आयोजक सदस्य रमेश साहले बताए ।

कलैया फुटबल क्लबका अध्यक्ष अजय कुमार साहको अध्यक्षता तथा कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साहको प्रमुख आतिथ्य र बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी एवं लोकतान्त्रिक मुस्लिम संघका केन्द्रिय अध्यक्ष डा. कमरुल्लाह अंसारीको बिशिष्ट आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो। 

कार्यक्रम सञ्चालन प्रमोद गिरी एवम् स्वागत मन्तव्य रमेश साहको रहेको थियो । उक्त अवसरमा संबिधान सभासदस्य रामचन्द्र प्यासी, नेकपा माओबादी केन्द्रका युवा नेता मुकेश साह, डा. शुशिल साह, कलैया उपमहानगरपालिकाको बाताबरण शाखाका प्रमुख अनिल पाण्डेय, नगर खेलकुद बिकास समितिका एम समिउल्लाह, सिद्धेशवर बिधालयका मनिन्द्रनाथ शर्मा लगायतको सहभागिता रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.