
वीरगंज – वीरगंज महानगरपालिकाकाे वडा नं. ११ स्थित श्री नेपाल राष्ट्रिय विद्यापिठ माद्यमिक विद्यालय श्रीपुर र कब्रिस्तानमा शनिबार बृक्षाराेपण कार्यक्रम सम्पन्न भएकाे छ ।

वीरगंज महानगरपालिका वडा नं. ११ काे कार्यालयकाे संयाेजन र सिवांश व्यवसायिक प्रा.लि. जगरनाथपुर गा.पा. ५ पर्साकाे आयाेजनामा बृक्षाराेपण कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रम अन्तर्गत विद्यालयकाे फिल्डका विभिन्न प्रजातिका १५० वटा विरुपा राेपिएकाे आयाेजकले जनाएकाे छ ।



वडाध्यक्ष अजय कुमार बरैकाे अध्यक्षता र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दर कुर्मीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा वडा सचिव उमेश शर्मा, वडा सदस्य मुस्किम हवारी, जगन लाल महताे, गाैदमी देवी, शिक्षक बृजमाेहन प्रसाद कानु, असलम अन्सारी, आयाेजक संस्थाका रामानन्द ठाकुर लगायतकाे उपस्थिती हरेकाे थियाे ।






Comments are closed, but trackbacks and pingbacks are open.