

कपिलवस्तु, अषाढ, ११अजय मिश्र



नेपाल सरकारका पूर्व कृषि तथा सहकारी मन्त्री तथा संविधानसभा सदस्य अकबाल अहमद शाहले कपिलवस्तुको समग्र विकासका लागि संघीय सरकारसँग विभिन्न योजना माग गर्नुभएको छ ।
नेकपा एमाले नेता समेत रहेका पुर्व मन्त्री शाहले कपिलवस्तुको स्वास्थ्य, शिक्षा, कृषि, पशुपालन, भौतिक पूर्वाधार तथा सिंचाइ विकासलाई प्राथमिकता दिँदै सम्बन्धित मन्त्रालयसँग पहल गर्नुभएको छ ।
उहाँले बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खडकासँग भेट गर्दै कपिलवस्तुमा सिंचाइ सुविधा विस्तार तथा नदी नियन्त्रणका लागि माग गर्नुभएको हो ।
शाहले कृष्णनगर नगरपालिका-१ स्थित सुरही नदीले गरेको कटान रोकथाम तथा कृष्णनगर-१२ को नारायणडिहवा क्षेत्रमा चरगहवा नदीमा टटबन्ध निर्माणको लागि बजेट बिनियोजन गर्न माग गर्नु भएको छ ।

नदि कटानले कपिलवस्तुको खेतीयोग्य जमिन काटन गरेकाले योजना माग गरेको बताउनु भयो ।
त्यसैगरी शाहले कृष्णनगर नगरपालिकाको औरहवा क्षेत्रमा सुरही नदी नियन्त्रण तथा विजयनगर गाउँपालिकाको ठकुरापुर कटुवा, गेडुवाजोतस्थित चिरही नदीमा टटबन्ध निर्माणका लागि योजनाको माग गर्नुभयो ।
विजयनगर गाउँपालिकाको वडा नं ३ पत्थरदेइया र वडा नम्बर ४ को वरगदवामा कुनै पनि सिँचाइ सुबिधा नभएकोले सिँचाइका लागि ट्युबवेल वा डिपबोरिङको व्यवस्थापन गरिदिनुहुन सिँचाई मन्त्री खडकासँग पुर्वमन्त्री शाहले माग गर्नुभयो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खडकाले कपिलवस्तुको विकासमा सरकार प्रतिबद्ध रहेको बताउँदै नदी कटान नियन्त्रणका लागि विशेष ध्यान दिने आश्वासन दिनुभयो ।
साथै केही दिनभित्रै कपिलवस्तु क्षेत्रको अनुगमन गर्न समय मिलाउने जानकारी दिँदै पूर्वमन्त्री शाहलाई विकासको पहलका लागि धन्यवाद ज्ञापन गर्नुभयोl
साथै पूर्व मंत्री शाहले विषयः आ.व. ०८२-८३ मा कार्यक्रम समावेश गरी बजेट हरू कपिलवस्तु विजयनगर गाउँपालिका वडा नं. ४ जरिदशपुर चोक देखी उत्तर तर्फ मदरसा पोखरी हुदै डगडवा छिटई दिहवा हुदै मुस्तफा मुसल्मानको घरसम्म बटो तथा ढल निर्माण २ करोड ५० लाख, कपिलवस्तु विजयनगर गाउँपालिका वडा नं. ३ मलरसा हनफिया, रजविया विजयनगर गाउँपालिकामा मदरसा तथा भवन एवं छात्र वास निर्माण १ करोड ५० लाख, कपिलवस्तु विजयनगर गाउँपालिका वडा नं. ७ दत्तत्पुरा क्षेत्रमा सामुदायिक भवन निर्माण २ करोड लगायतको बजेट विनियोजन गर्न समेत शहरी विकास मंत्रालय संग माग गर्नु भएको थियो।





