विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

१०८ शक्तिपीठमा जल चढाउने संकल्पसहित मन्त्री साहु वीरगंजमा

सिम्रौन्गढ़ नपा psa

 

शैलेश गुप्ता १३ असार बीरगंज 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

भारतको  मध्यप्रदेश सरकारका मन्त्री रविकरण साहुले आफ्नो जीवनमा विश्वका १०८ देशका शक्तिपीठमा पुगेर माताका मन्दिरमा जल चढाउने संकल्प लिएको बताएका छन्।

 

शुक्रबार वीरगञ्जमा आयोजित गहवामाई रथ यात्रामा सहभागी हुन आएका मन्त्री साहुले पत्रकारहरूसँगको कुराकानीमा अहिले सम्म ७ वटा देशका प्रमुख शक्तिपीठमा माताको दर्शन गरी जल चढाइसकेको जानकारी दिए। उनले आगामी दिनमा बाँकी देशहरूमा समेत माताका मन्दिरमा खाली खुट्टा पुगेर दर्शन गर्ने अठोट व्यक्त गरे।

Karaiya Mai Notice Winter

तीन वर्षदेखि चप्पल वा जुत्ता नलगाउने साहुले संसद भवनदेखि मन्त्रीपरिषद्को बैठकसम्म पनि खाली खुट्टा जाने गरेको अनुभव सुनाए। “म आस्थामा विश्वास राख्छु, माताको दर्शनमा सच्चा भक्ति चाहिन्छ, त्यसैले म जहाँ गए पनि खाली खुट्टा जान्छु,” उनले भने।

नेपाल–भारतको धार्मिक पर्यटन प्रवर्द्धनमा पनि आफूले निरन्तर सहयोग गरिरहेको उल्लेख गर्दै मन्त्री साहुले दुई देशबीचको सांस्कृतिक सम्बन्ध अझ प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरे।

राजनीतिक सवालमा पत्रकारहरूले उठाएका प्रश्नको उत्तर दिँदै मन्त्री साहुले भारतमा लोकतान्त्रिक प्रणाली सुदृढ रहेको र नेपालमा पनि लोकतन्त्रको संरक्षण हुनुपर्ने धारणा राखे।
“नेपालमा पुनः राजतन्त्र फर्किन सक्दैन भन्ने हाम्रो विश्वास छ, भारतीय जनता पार्टी पनि लोकतन्त्रकै पक्षधर हो,” उनले स्पष्ट पारे।

उनको धार्मिक आस्था र सामाजिक संकल्पले नेपालमा धार्मिक पर्यटनको अवसर विस्तार हुने विश्वास व्यक्त गरिएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.