विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

टिकटक स्टार रमा बस्नेतमाथि फेरि अर्को मुद्दाको चेतावनी, युवराज सफलको कडा प्रतिक्रिया

सिम्रौन्गढ़ नपा psa

रञ्जित पाण्डेय, काठमाडौं।

र्खरै मात्र प्रहरी हिरासतबाट रिहा भएकी चर्चित टिकटकर रमा बस्नेतमाथि फेरि अर्को मुद्दा हाल्ने तयारी भएको छ। कलाकार तथा सामाजिक अभियन्ता युवराज सफलले सार्वजनिक रूपमा चेतावनी दिँदै रमाले फेरि पनि आफू र आफ्ना निकट व्यक्तिको चरित्र हत्या गरेको आरोप लगाएका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

युवराज सफलले एक सार्वजनिक भिडियो सन्देशमार्फत भनेका छन्, “आफ्ना मान्छेको भजन, कीर्तन गरेर अरूको चरित्र हत्या गर्ने छुट कसैलाई छैन। रमाले अघिल्ला पटकहरूमा पनि मेरो मानमर्दन हुने किसिमका भिडियोहरू बनाएकी छिन्। म ती सबै क्लिपहरू संकलन गर्दैछु।”

उनका अनुसार रमा बस्नेतले सामाजिक सञ्जालमार्फत पटक–पटक बेबुनियादी आरोपहरू लगाउँदै आएपछि कानुनी रूपमा कदम चाल्नु परेको हो। सफलले भने, “यो गरेवापत तिमीले फेरि सजाय पाउनु पर्ने नै छ। म छिटोभन्दा छिटो साइबर क्राइम विभागमा तिमीविरुद्ध मुद्दा दायर गर्दैछु।”

Karaiya Mai Notice Winter

सफलले रमालाई सार्वजनिक रूपमा माफी माग्न पनि आग्रह गरेका छन्। उनले स्पष्ट शब्दमा भनेका छन्, “यदि तिमीले आफैंले बनाएका झूटा र आपत्तिजनक आरोपहरूको लागि सार्वजनिक रूपमा माफी माग्ने भिडियो पोष्ट गर्यौ भने, म तिमीलाई माफी दिन तयार छु। अन्यथा, कानुनी बाटो बाट न्याय खोज्छु।”

यसअघि, विवादास्पद अभिव्यक्ति र भिडियो सामग्रीका कारण टिकटकमा सक्रिय रमा बस्नेतलाई प्रहरीले साइबर अपराधको उजुरीका आधारमा पक्राउ गरेको थियो। केही दिन हिरासतमा बसेपछि उनी रिहा भएकी थिइन्।

हालको परिस्थितिले सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया बटुलेको छ। एकातिर रमाका समर्थकहरू उनलाई उत्पीडन गरिएको बताउँछन् भने अर्कातिर युवराज सफलका अनुयायीहरू चरित्र हत्या सह्य नहुने पक्षमा छन्।

अब हेर्न बाँकी छ – रमा बस्नेत सार्वजनिक रूपमा माफी माग्छिन् वा यो प्रकरणले पुनः कानुनी मोड लिन्छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.