

रञ्जित पाण्डेय, काठमाडौं।
काठमाडौंको ग्राण्डी अस्पताल नजिकैको सडकबाट अचानक खोलामा खसेको कारबाट एक महिलालाई जीवितै उद्धार गर्न सफल भएकाहरुलाई नेपाल प्रहरीले विशेष सम्मान प्रदान गरेको छ।



गत हप्ता वर्षाका कारण चिप्लो सडकबाट एक कार चिप्लिएर नजिकैको खोलामा खसेको थियो। सो कारमा सवार एक महिला बग्दै गर्दा तत्काल उद्धारमा खटिएका तीन जना प्रहरी र दुई जना सर्वसाधारणको टोलीले जोखिम मोलेर महिलालाई सकुशल उद्धार गरेका थिए। ती महिला गाडी खोलामा बगेपछि केही बेर पानीमा फसेकी थिइन्, तर उद्धारकर्ताहरूको सक्रियताले ठूलो दुर्घटनाबाट बचाइएको थियो।

नेपाल प्रहरी मुख्यालय, नक्सालमा आयोजित एक विशेष कार्यक्रममा महानिरीक्षक (आईजीपी) अपिल बोहराले तीन जना प्रहरी — हवल्दार प्रेमबहादुर राई, जवान श्यामकृष्ण श्रेष्ठ र जवान सन्दीप कुँवर — तथा दुई जना सर्वसाधारण उद्धारकर्ता — रामजी अधिकारी र विशाल थापालाई प्रशंसा पत्रसहित सम्मान गरेका छन्।
आईजीपी बोहराले घटनाको तत्काल सूचना पाएपछि ज्यानको प्रवाह नगरी उद्धारमा होमिएका सुरक्षाकर्मी र सर्वसाधारण लाई नेपाली जनताको प्रेरणा हुने कार्य गरेको भन्दै प्रशंसा व्यक्त गरे।
उनले भने, “प्रहरी मात्र होइन, नागरिकहरूको पनि यति संवेदनशीलता देखिनु समाजका लागि सकारात्मक सन्देश रहेको बताए ।
उद्धारकर्तामध्ये एक हवल्दार प्रेमबहादुर राईले भने, “त्यो समयमा केही सोच्न पाएका थियैनौं, गाडी खोलामा बगिरहेको देखेर तुरुन्त पानीमा हाम फालेर महिला उद्धार गर्नतिर लाग्यौं।”
नेपाल प्रहरीले विपद्का बेला नागरिकको सुरक्षालाई पहिलो प्राथमिकता दिँदै आएका यस्ता सहासी कार्यकर्ता लाई समय समयमा सम्मान गर्दै आएको छ।





