CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पर्सा जिल्लाको गाउँ /गाउँमा जनमतपार्टीको लहर ,एकै वडाका सय भन्दा बढी युवा जनमतमा प्रवेश

फेटा GP PSA
519
सिम्रौन्गढ़ नपा psa

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ अन्तर्गतको ग्रामीण क्षेत्र कुहडीमा एक भव्य कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी १०० भन्दा बढी युवाहरू जनमत पार्टीमा प्रवेश गरेका छन्।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा उधोग, वाणिज्य तथा पर्यटन मन्त्री बसन्त कुशवाहाको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता वडा इकाई अध्यक्ष बिराजु यादवले गरेका थिए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

पार्टी प्रवेश गर्ने प्रभावशाली स्थानीय अगुवा तथा युवाहरूमा हरि यादव, धुपलाल महतो, सन्दीप यादव, बिटु यादव, विरेन्द्र यादव, बिपिन यादव, विकास यादव, रञ्जित यादव, मुना अन्सारी, अनिल पासवान, चन्देश्वर साह, असलम अन्सारी, जितेन्द्र मण्डल, जयकिशन पटेल लगायत सयभन्दा बढीको उपस्थिति रहेको थियो।

Karaiya Mai Notice Winter

कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ, केन्द्रीय सदस्यहरू बिध्यालाल प्रसाद, रम्भा मिश्र, नजमा खातुन, राजेश चौरसिया, महानगर अध्यक्ष महादेव शर्मा, उपाध्यक्ष केदार पटेल, महानगर युवा अध्यक्ष सञ्जय सिंह, इ. राजुराज गिरी लगायतले सम्बोधन गर्दै जनमत पार्टी अहिलेको अवस्थामा एकमात्र वैकल्पिक शक्ति भएकोले सबैलाई जनमतमा गोलबन्द हुन आग्रह गरे।

त्यस अवसरमा प्रदेश सदस्य बृजेश्वर चौधरी, राजनारायण मिश्र, क्षेत्रीय संयोजकहरू गगनदेव यादव, डा. मनोज सरार्फ, देवराज सरार्फ, महिला जिल्ला संयोजक अञ्जना गुप्ता, दलित जिल्ला संयोजक नरेश राम, धिरेन्द्र पन्जियार, महानगर सचिव लोकेश कर्ण, सिकेन्द्र राम, हिरालाल राम, विद्यार्थी नेता अभिषेक झा, अनिता राम लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भयो भने नवप्रवेशीहरूद्वारा पार्टीलाई संगठनात्मक रूपमा अझ सशक्त बनाउने प्रतिबद्धता जनाइएको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश