CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

“सद्दाम अन्सारी” ओल्मा काउन्सिल नेपाल कपिलवस्तु जिल्ला शाखाकाे अध्यक्षमा चयन

फेटा GP PSA
7,110
सिम्रौन्गढ़ नपा psa

कपिलवस्तु।

ल्मा काउन्सिल नेपाल कपिलवस्तु जिल्ला शाखाकाे अध्यक्षमा सद्दाम अन्सारी चयन भएका छन् । ओल्मा काउन्सिल नेपालकाे प्रथम जिल्ला अधिवेशनबाट अन्सारीलाई सर्वसम्मत रुपले जिल्ला अध्यक्ष पदमा चयन गरिएकाे हाे ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

जिल्लाकाे कपिलवस्तु विजयनगर गाउँपालिकाकाे सभाल खडैचाका सम्पन्न प्रथम अधिवेशनले अन्सारीकाे नेतृत्वमा १९ सदस्य जिल्ला कार्य समिति चयन गरिएको छ । जसकाे वरिष्ठ उपाध्यक्षमा अलि हसन मुसलमान, उपाध्यक्षमा नुरुलाह पठान, सचिवमा अहमद खाँ, सह-सचिवमा असगर अलि भाँट, काेषाध्यक्षमा माेहम्मद अहमद रजालाई सर्वसम्मत चयन भएका छन् ।

Karaiya Mai Notice Winter

यस्तै ओल्मा काउन्सिल नेपालकाे जिल्ला कपिलवस्तु इन्चार्जकाे जिम्मेवारी मुजिवउर्रहमान दिएकाे छ भने मिडिया इन्चार्जकाे जिम्मेवारी नाैशाद अलि मियाँलाई दिएकाे जनाइएको छ ।

कार्यक्रमलाई सम्बाेधन गर्दै कार्यक्रमका प्रमुख अतिथि सांसद सराज अहमद फारुकीले आफ्नो हकअधिकारका लागि अगाडि बढ्न आवश्यक रहेको बताए । उनले संवैधानिक प्रावधान अनुसार एकजुट भएर लाग्नुपर्नेमा जाेड दिए । मुस्लिम समुदाय शिक्षामा धेरै पछाडी परेकाे भन्दै जनचेतनामूलक कार्यक्रमकाे आयाेजना गर्न आवश्यक देखिएकाे उनको भनाइ छ ।

यस्तै गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले एकताबद्ध हुनुपर्नेमा जाेड दिए । आफ्नाे हकअधिकार सुनिश्चितताका लागि निरन्तर लाग्न जरुरी रहेकाे बताए । मुस्लिम समुदायकाे लागि शिक्षा क्षेत्रमा आवश्यकता अनुसार बजेट विनियोजन गर्दै आएकाे बताउँदै प्रदेश र संघ सरकारमा समेत पहल गर्दै सक्दाे सहयोग गर्ने प्रतिबद्धता समेत उनले जनाएका हुन्।

कार्यक्रमलाई ५ का वडा अध्यक्ष अनवर माेहम्मद मुसलमान, ७ का वडा अध्यक्ष दिनेश कुमार चाैधरी, समाजसेवी डाक्टर जहिरुल खाँ, भुलन शाह, माैलनाहरु लगायतले सम्बाेधन गरेका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश