
काठमाडौं।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले अबको निर्वाचनमा उम्मेदवार नेताको खल्तीबाट होइन, जनताको मनबाट चयन हुनुपर्ने बताएका छन्।




एक कार्यक्रमलाई सम्बोधन गर्दै शाहीले वर्तमान राजनीतिक प्रवृत्तिमा नेताहरुले आफैंले रोजेका पात्रलाई टिकट दिने परिपाटीले जनताको विश्वास गुमिरहेको बताए। “अब यस्तो चलन बन्द हुनु पर्छ, जनताले मन पराएका, देशका लागि योगदान गर्न सक्ने पात्र नै उम्मेदवार हुनुपर्छ,” उनले स्पष्ट शब्दमा भने।
उनले पार्टीभित्र आन्तरिक लोकतन्त्र सुदृढ गर्दै जनताको अपेक्षा अनुसारको नेतृत्व अगाडि ल्याउने प्रतिबद्धता पनि जनाए। शाहीले भ्रष्टाचार, बेरोजगारी र असमानतासँग जुझ्न नयाँ सोच, इमानदार र राष्ट्रवादी नेतृत्व आवश्यक भएको उल्लेख गरे।
राप्रपाका प्रमुख सचेतकका रुपमा शाही हालसालै जनसम्पर्क र जनचेतनामूलक अभियानमा क्रियाशील रहेका छन्।






Comments are closed, but trackbacks and pingbacks are open.