विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

ढकालले उपनिर्वाचन लड्ने संकेत, सत्ता गठबन्धनमाथि तीव्र आलोचना

सिम्रौन्गढ़ नपा psa

रुपन्देही। 

त प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग डडेलधुरामा प्रतिस्पर्धा गरेर चर्चामा आएका स्वतन्त्र उम्मेदवार सागर ढकालले अबको उपनिर्वाचनमा रुपन्देही–३ बाट उम्मेदवारी दिने संकेत गरेका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

रुपन्देही–३ मा आगामी कात्र्तिक १७ गते हुने उपनिर्वाचनमा ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिने इच्छा व्यक्त गरेका छन्। यदि त्यो सम्भव नभए स्वतन्त्र उम्मेदवारकै रूपमा चुनावी मैदानमा उत्रने उनको तयारी छ।

ढकालले सामाजिक सञ्जालमार्फत एक सशक्त सन्देश दिँदै वर्तमान प्रमुख दलहरू – नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र –प्रति कडा आलोचना गरेका छन्। उनले लेखेका छन्, “कांग्रेस, एमाले, माओवादी एउटै हुन्। यिनको राणा शासनको अन्त्य २०८४ सालमा गर्नको लागि सुरुवात यहीं रुपन्देही–३ बाट गर्नु पर्छ।”

Karaiya Mai Notice Winter

उनले तीन प्रमुख दलहरूको आलोचना गर्दै थप लेखेका छन्, “जनतालाई झोले र पार्टीका कार्यकर्ता बाहेक केही नसोच्ने यी तीन पार्टीको घेरा बेजोडले तहस नहस हुने गरी तोड्नुपर्छ।” उनले रुपन्देही–३ का मतदातालाई ‘एक तिरले तीन पार्टीहरूलाई २०८४ सम्म उठ्नै नसक्ने गरी घायल बनाउने’ आह्वान समेत गरेका छन्।

सागर ढकाल युवा उम्मेदवारका रूपमा गत निर्वाचनमा उल्लेखनीय ध्यान खिच्न सफल भएका थिए। उनको सीधो भाषाशैली, दलविरोधी दृष्टिकोण र सुधारवादी एजेन्डाले युवापुस्तामा प्रभाव पारिरहेको देखिन्छ। अबको उपनिर्वाचनमा उनले फेरि नयाँ विकल्पको पक्षमा मत संग्रह गर्न सक्ने आँकलन गरिँदैछ।

रुपन्देही–३ को सन्दर्भमा ढकालको उम्मेदवारी राजनीतिक रूपमा थप रोचक हुने देखिन्छ। यो निर्वाचन क्षेत्र सत्तारूढ गठबन्धन र प्रमुख दलहरूका लागि प्रतिष्ठाको विषय बनेको छ भने ढकालको प्रवेशले प्रतिस्पर्धा अझ तातिने निश्चित छ।

ढकालको अभियान अहिले सामाजिक सञ्जालमा तीव्र गतिमा फैलिन थालेको छ र उनी पक्षधर युवाहरूबीच समर्थन बढ्दै गएको देखिन्छ। अबको दिनमा उनको औपचारिक घोषणाले चुनावी समीकरण कस्तो मोड लिन्छ भन्नेमा सबैको ध्यान केन्द्रित हुनेछ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.