CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

एसपीलाई ‘लुटेरा’ भन्ने जसपा नेता अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी

फेटा GP PSA
15,697
सिम्रौन्गढ़ नपा psa

सर्लाही ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी योगेन्द्रकुमार खड्का लाई टेलिफोनमा ‘लुटेरा’ भन्ने अभिव्यक्ति दिएका जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

जसपाका वरिष्ठ नेता तथा अशोक राई समूहका अध्यक्ष यादवले गत बिहीबार एसपी खड्कासँग फोन वार्ता गर्दै प्रहरी प्रशासनमाथि कडा आरोप लगाएका थिए। सो वार्ताका क्रममा उनले एसपी खड्कालाई ‘लुटेरा’ भनेको अडिओ सार्वजनिक भएपछि विवाद चुलिएको हो। उक्त घटनापछि सर्लाही जिल्ला अदालतले शुक्रबार यादव विरुद्ध आपराधिक उपद्रवको अभियोगमा पक्राउ पुर्जी जारी गरेको हो।

गृह मन्त्रालय स्रोतका अनुसार, यादवमाथि आपराधिक उपद्रव अन्तर्गत कारबाही गर्न सिफारिस गरिएको हो। उनीमाथि व्यापारीहरू लाई प्रहरीद्वारा अनावश्यक दुःख दिइएको भन्दै असन्तोष पोख्दै एसपी लाई टेलिफोन वार्ता मार्फत धम्की दिएको आरोप लागेको छ।

Karaiya Mai Notice Winter

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी विनोद घिमिरेले सर्लाही घटनाबारे आवश्यक कानुनी प्रक्रिया अघि बढाउन मधेस प्रदेश प्रहरी कार्यालय लाई निर्देशन दिइएको जानकारी दिए। यस्तै, मधेस प्रदेश प्रहरी प्रमुख डिआइजी उमाप्रसाद चतुर्वेदीले घटना लाई गम्भीरतापूर्वक अध्ययन गरेर कानुनी प्रक्रिया अघि बढाइएको बताएका छन्।

डिआइजी चतुर्वेदीका अनुसार, “घटना के कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको छ। कानुन अनुसारको प्रक्रिया अघि बढाइएको छ।”

यता अध्यक्ष यादवले भने घटनाप्रति हालसम्म औपचारिक प्रतिक्रिया दिएका छैनन्। तर सार्वजनिक भएको अडिओले राजनीतिक वातावरणमा तरंग ल्याएको छ। प्रहरी र राजनीतिक नेतृत्वबीचको सम्बन्ध र सीमारेखा विषयमा समेत यो घटनाले बहस चर्काएको देखिन्छ।

अब यादव पक्राउ पर्छन् कि कानुनी प्रक्रिया अरू मोड लिन्छ भन्ने विषयमा देशभर चासो बढेको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश