विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बीरगंजको सडक विस्तार विरुद्ध पसल बन्द र टायर बालेर ब्यापारी र घरधनीहरूको प्रदर्शन

सिम्रौन्गढ़ नपा psa

पर्सा, बीरगंज ।

बीरगंजमा सडक विस्तारका नाममा भइरहेको अतिक्रमण हटाउने अभियानप्रति असन्तुष्टि जनाउँदै स्थानीय व्यापारी र घरधनीहरूले आज बिहानदेखि कडा विरोध प्रदर्शन गरेका छन्। उनीहरूले पसल बन्द गरेर सडकमा टायर बाल्दै सडक विस्तार रोक्न माग गरेका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

सडक विस्तार जरुरी छैन भन्ने दाबी गर्दै प्रदर्शनकारीहरूले नगरपालिकाको योजनालाई जनविरोधी, अन्यायपूर्ण र अव्यवस्थित भनेका छन्। उनीहरूले आफूहरूले वर्षौंदेखि सञ्चालन गर्दै आएको व्यवसाय र घरलाई बिना क्षतिपूर्ति भत्काउन खोजिएको आरोप लगाएका छन्।

प्रदर्शनको क्रममा व्यापारीहरूले “व्यवसायको विनाश, विकास होइन” र “जनताको घर टुटाउने काम बन्द गर” जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए। टायर बालेर अवरुद्ध गरिएको सडकमा प्रहरी परिचालन गरिएको थियो, तर झडपको स्थिति भने सिर्जना भएको छैन।

Karaiya Mai Notice Winter

स्थानीय व्यापारी लक्ष्मण साहले भने, “हामी विकासको विरोधी होइनौं, तर नगरपालिकाले कुनै योजना बिना जबर्जस्ती घर र पसल भत्काउने प्रयास गर्दैछ। हामीसँग कुनै वैकल्पिक व्यवस्था वा, क्षतिपूर्ति नभएको जनाएका छन्। यस्तो विकास हामीलाई मान्य नरहेको बताएका छन्।”

यसैबीच, बीरगंज महानगरपालिकाका एक अधिकारीले भने सडक विस्तार विकासको अनिवार्य पाटो भएको बताउँदै, सबै प्रक्रिया कानुनी ढंगले अगाडि बढाइएको बताए। उनले प्रभावित पक्षहरूसँग सहकार्य गर्दै काम अघि बढाउने प्रयास भइरहेको बताए।

सडक विस्तार योजना अन्तर्गत बीरगंजको मुख्य सडक क्षेत्रको दुबै किनारमा संरचनाहरू भत्काउने प्रक्रिया सुरु गरिएको छ। तर, स्थानीयको तीव्र विरोधका कारण हाललाई केही स्थानमा काम रोकिएको छ।

स्थानीय प्रशासनले सबै पक्षसँग संवाद गरेर समाधान खोज्ने बताएको छ भने प्रदर्शनकारीहरूले वार्तामा बस्न तयार भएपनि आफूहरूको माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.