
काभ्रेपलान्चोक।
असार २३ गते हुने समारोहमा शाहले शुभकामना तथा अभिवादन ग्रहण गर्दै जन्मोत्सव मनाउने उनका सम्वाद सचिव डा. फणिराज पाठकले बताएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले ७९ औं जन्मदिन निर्मल निवासमा विशेष समारोह आयोजना गरेर मनाउने भएका छन् ।

शाहलाई शुभकामना दिन चाहनेहरुका लागि असार २३ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय निर्धारण गरिएको पाठकले जानकारी दिए । जन्मोत्सवको यो समारोह‘ जनचाहना अनुसार’ आयोजना गरिएको पाठकले जिकिर गरेका छन् ।
पाठकले जिकिर गरेको अनुसार शिवसेना नेपालका केन्द्रिय सदस्य सुनिल खड्काको नेतृत्वमा काभ्रेपलान्चोक जिल्ला बनेपामा प्रचारप्रसार गर्दै जनतामा नयाँ उत्साह थपेका छन्।उक्त प्रचारप्रसारमा बारा पर्सा लगायतका शिवशेना नेपालका कार्यकर्ताहरुको सहभागिता रहेकोे शिवशेना नेपालका काभ्रेपलान्चोक जिल्ला अध्यक्ष उरेन्द्र लामाले जानकारी गराएका छन्।









Comments are closed, but trackbacks and pingbacks are open.