CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

माओवादी केन्द्र केन्द्रीय स्कुल विभागको बैठक सम्पन्न, कार्यदिशा स्पष्ट पार्दै महत्वपूर्ण निर्णय

फेटा GP PSA
7,128
सिम्रौन्गढ़ नपा psa

रंजीत पाण्डेय, काठमाडौं।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अन्तर्गत रहेको केन्द्रीय स्कुल विभागको महत्वपूर्ण बैठक आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न भएको छ। विभाग प्रमुख कमरेड गिरिराजमणि पोखरेलको अध्यक्षता र पार्टीका आदरणीय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा सम्पन्न उक्त बैठकमा संगठनात्मक सुदृढीकरण र वैचारिक स्पष्टताको विषयमा गहन छलफल गरिएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

बैठकमा विश्वदृष्टिकोण निर्माण, पार्टी कार्यदिशा र विचारधाराको साझा बुझाइ बनाउने विषयमा एकरूपता कायम गर्दै त्यसलाई कार्यकर्तामाझ सही ढंगले सम्प्रेषण गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो। साथै, पार्टीको स्कुलिङ संरचनालाई अझ व्यवस्थित र नियमित बनाउँदै, यथार्थ परिप्रेक्ष्यमा आधारित पाठ्यक्रम परिमार्जन गर्ने निर्णय पनि गरिएको छ।

Karaiya Mai Notice Winter

बैठकमा स्कुल विभागको पुनर्गठन, नियमित स्कुल सञ्चालनको व्यवस्थापन, विज्ञहरूको सहभागितामा कार्यशाला गोष्ठी आयोजना, तथा आवश्यक पाठ्यसामग्री निर्माण लगायतका बुँदामा विस्तृत छलफल गरिएको थियो। यिनै कार्यसूचीहरूलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न आवश्यक निर्णयहरू पनि पारित गरिएको छ।

पार्टी अध्यक्ष प्रचण्डले बैठकमा बोल्दै शिक्षा र वैचारिक सुदृढीकरणलाई संगठन विस्तारको मेरुदण्डका रूपमा लिँदै स्कुल विभागको भूमिकालाई अझ प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो। उहाँले पार्टीभित्र वैचारिक स्पष्टता र कार्यदिशा प्रति प्रतिबद्धता अभिवृद्धि गर्नु आजको आवश्यकता रहेको समेत उल्लेख गर्नुभयो।

बैठकमा केन्द्रीय स्कुल विभागका पदाधिकारी, प्रशिक्षक, सल्लाहकार र विभिन्न जिम्मेवारीमा रहेका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश