विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कानुनी हाजिरी जवाफ प्रतियोगिता सम्पन्न, डेसिमल कलेज प्रथम स्थानमा

सिम्रौन्गढ़ नपा psa

वीरगञ्ज— मधेश विश्व विद्यालयको आयोजनामा आज वीरगञ्जको श्रीपुरस्थित विन्ध्यवासिनी पार्टी प्यालेसमा कानुनी हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ।

प्रतियोगितामा वीरगंजका विभिन्न प्रतिष्ठित शैक्षिक संस्थाहरू — डेसिमल कलेज, वीरगंज कलेज, ज्ञान्दा एकेडेमी, वीरगंज सेन्ट्रल स्कूल, ममता विद्या मन्दिर र पर्सा म्यानेजमेन्ट सेन्ट्रल एकेडेमी — को सक्रिय सहभागिता रहेको थियो।

प्रतिस्पर्धात्मक वातावरणमा सम्पन्न उक्त प्रतियोगितामा डेसिमल कलेजले प्रथम स्थान हासिल गर्दै विजयी शील्ड उचाल्न सफल भयो। ममता विद्या मन्दिर दोस्रो र वीरगंज सेन्ट्रल स्कूल तेस्रो स्थानमा रहे।

विजेता समूहहरूलाई मधेश विश्व विद्यालयले प्रमाणपत्र, मेडल तथा शिल्ड प्रदान गरी सम्मान गरेको थियो। कार्यक्रममा मधेश विश्व विद्यालयको कानुन संकायका डीन अञ्जय मिश्रको अध्यक्षता रहेको थियो। साथै, सहभागी कलेजहरूका प्रतिनिधि, शिक्षक, तथा विशिष्ट अतिथिहरूको उपस्थिति कार्यक्रमलाई विशेष बनाएको थियो।

कार्यक्रमले कानुनी ज्ञान र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याएको सहभागीहरूले बताएका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.