विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

युवा स्पोर्ट्स क्लब वीरगञ्जको नवगठित कार्यसमितिको पहिलो बैठक १० निर्णयसहित सम्पन्न

सिम्रौन्गढ़ नपा psa

वीरगञ्ज, २९ असार । वीरगञ्जस्थित युवा स्पोर्ट्स क्लबको नव निर्वाचित कार्यसमितिको पहिलो बैठक आज क्लबकै भवनमा सम्पन्न भएको छ। बैठकले १० महत्वपूर्ण निर्णय गर्दै क्लबको गतिविधिलाई अझ सशक्त बनाउने रणनीति तय गरेको छ।

बैठकले क्लबद्वारा नियमित आयोजना हुँदै आएको स्थगित फुटबल प्रतियोगिताहरूलाई पुनः सञ्चालन गर्ने निर्णय गरेको छ। स्व. पन्नालाल स्मृति फुटबल प्रतियोगिता, लक्ष्मण थापा गोल्डकप, स्व. गोपाल गिरी बाल फुटबल प्रतियोगिता र शहीद थीर बम मल्ल वडा स्तरीय फुटबल प्रतियोगिता लगायत अन्य प्रतिस्पर्धाहरूलाई सक्रिय रूपमा अगाडि बढाइने भएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

कार्यसमितिले क्लबको कार्यदिशालाई थप प्रभावकारी बनाउन तीनवटा समिति गठन गरेको छ।

Karaiya Mai Notice Winter

आर्थिक समितिमा अध्यक्ष रमेश श्रेष्ठको संयोजकत्वमा बरिष्ठ उपाध्यक्ष रुपक पाण्डे, प्रथम उपाध्यक्ष सुरज मानन्धर, महासचिव विनोद परियार, कोषाध्यक्ष विजय विश्वकर्मा, तृतीय उपाध्यक्ष विकास रौनियार र कार्यकारिणी सदस्य सुशील श्रेष्ठ रहेका छन्।
खेलाडी समन्वय समितिमा द्वितीय उपाध्यक्ष लखन चौधरी, सहकोषाध्यक्ष राजेश जोशी, सचिव राजीव लाखे, सहसचिव विजय श्रेष्ठ, कार्यकारिणी सदस्य रुपेन्द्र लालचन, सुरज श्रेष्ठ (मंटु) र रञ्जय पौडेल सदस्य रहेका छन्।
क्लब रेखदेख समितिमा अरविन्द गुप्ता, समि लामा, प्रदीप साह, बिकेश श्रेष्ठ, मुकेश गुप्ता, मोहन कुमार महतो र कृष कार्की सदस्य छन्।

बैठकले वीरगञ्जको बीपी उद्यान पार्कमा बालबालिकाका लागि खेल मैदान निर्माणका लागि महानगरपालिकालाई औपचारिक अनुरोध गर्ने निर्णयसमेत गरेको छ। साथै, दिवंगत पूर्व खेलाडीहरूको स्मृतिमा क्लब कार्यालयमा तस्बिर राख्ने, पूर्व अध्यक्षहरूको योगदानलाई कदर गर्दै फोटोसहितको ऐतिहासिक झलक समेट्ने, क्लबको नयाँ जर्सी खरीद गर्ने, जीर्ण भवन मर्मत तथा रंगरोगन गर्ने निर्णयहरू पनि गरिएको छ।

साथै, सल्लाहकार समितिसमेत गठन गरिएको छ, जसमा पूर्व अध्यक्षहरू दिनानाथ रौनियार, मधु कृष्ण महर्जन, वसन्त लामा, सुमन श्रेष्ठ, जगरनाथ प्रसाद कानु, संजय थापा र प्रमोद परियार रहेका छन्।
अन्य सल्लाहकार सदस्यहरूमा श्रीहरी पौडेल, द्वारिका प्रसाद कलवार, विधिचन्द्र साहनी, वासुदेव रौनियार, कमल अधिकारी, गजेन्द्रमान सिंह, प्रद्युम्न सेढाई, किशन साह, उमेश सिंह, मेघराज श्रेष्ठ, श्याममान सिंह, उत्तम श्रेष्ठ, संजय अधिकारी, गणेश श्रेष्ठ, मनोज भट्टराई र अनिल कलवार रहेका छन्।

त्यस्तै, मानार्थ वडा अध्यक्षहरूमा जवाहर प्रसाद गुप्ता, पूर्व वडा अध्यक्ष मनोज कुमार कलवार र वडा अध्यक्ष जगत प्रसाद कानु चयन भएका छन्।

क्लबले लिएका यस्ता निर्णयले वीरगञ्जको खेलकुद विकासमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.