विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

एक बुँद पानी मात्र होइन, भरोसा पनि जित्नुभयो खानेपानी मन्त्रि यादव – युवा नेता वसिम शेख

वीरगंज–७ का घर–घरमा बग्न थाल्यो नलको पानी, जनतामा उत्साह र विश्वासको लहर

सिम्रौन्गढ़ नपा psa

वीरगंज -वर्षौंदेखिको खानेपानीको समस्याबाट पीडित वीरगंज महानगरपालिका वडा नं. ७ का बासिन्दाहरूको घरघरमा अहिले नलको पानी बग्न थालेको छ। वसीम शेखको निरन्तर पहल र जनप्रतिनिधिहरूसँगको समन्वयमा खानेपानी मन्त्री माननीय प्रदीप यादवको सक्रिय सहयोगले यो दीर्घकालीन समस्या समाधान भएको हो।

यस परियोजनाअन्तर्गत वडामा डीप बोरिङ जडान गरिएको छ, जसबाट करिब ५० देखि ६० घरधुरीलाई प्रत्यक्ष रूपमा स्वच्छ खानेपानी आपूर्ति सुरु गरिएको छ। स्थानीय बासिन्दाहरूका अनुसार, यसअघि धारामा पानी नआउने, ट्यांकर कुर्नुपर्ने, र दैनिक जीवनमै असर पर्ने अवस्था थियो। तर अहिले त्यो समस्या समाधान भएकोमा उनीहरू अत्यन्त हर्षित छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

स्थानीय टोलवासीको भनाइ:
“हामीले पानी मात्र होइन, विश्वास पनि पाएका छौँ। सरकार जनताको घर–घरमै आइपुगेको अनुभूति भएको छ।”

वसीम शेखले जनताको आवाजलाई निरन्तर उठाउँदै मन्त्री यादवको ध्यानाकर्षण गराएपछि, स्वयम् मन्त्रीज्यूले यस विषयमा चासो दिँदै आवश्यक निर्णय लिनुभएको थियो। तत्पश्चात् काम तीव्र गतिमा अगाडि बढाइएको हो।

यो परियोजना केवल पूर्वाधारको काम नभई, जनप्रतिनिधि र जनताको बीचको संवाद र विश्वासको सेतुका रूपमा पनि हेरिएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.