CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

लोकतान्त्रिक पत्रकार संघ पर्साको जिल्ला कार्यालय उद्घाटन

फेटा GP PSA
7,452
सिम्रौन्गढ़ नपा psa

बिरगंज, पर्सा।

र्सा जिल्लाको सदरमुकाम बिरगंजमा लोकतान्त्रिक पत्रकार संघ पर्साको जिल्ला कार्यालय उद्घाटन भएकोछ।बिरगंज महानगरपालिका:-११ को तेजरथटोलमा पत्रकार संघको कार्यालय उद्घाटन कार्यक्रममा मधेस प्रदेसका पुर्ब वन मन्त्री रमेश कुमार कुर्मीले कार्यक्रमका प्रमुख अतिथीको आशन बाट शुभकामना दिने क्रममा पत्रकार माथी हुने आक्रमणको घोर भत्सर्ना गर्दै सुरक्षाको ग्यारेन्टी गर्न सुरक्षा कर्मी साथिलाइ आग्रह गरेका थिए। पत्रकार देशको चौथो अंग भएको पत्रकार आफ्नो सहि समाचार सम्प्रेषण गर्दा देश सहि दिशा तिर लाग्छ भन्ने धारणा राखेका थिए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

लोकतान्त्रिक पत्रकार संघ पर्साका अध्यक्ष समसुदिन मियाको अध्यक्षतामा भएको कार्यक्रममा लो.स.पा. केन्द्रिय उपाध्यक्ष श्याम गुप्ताले पनि आफ्नो शुभकामना मन्तव्य राख्दै पत्रकार भनेको देशको तेस्रो आखाकोरूपमा भएकोले पत्रकार सुरक्षित नरहे जनता कुनै हालतमा सुरक्षित नहुने बताएका थिए। उधोग बाणिज्य महासंघका केन्द्रिय सदस्य सुबोध गुप्ताले आफ्नो मन्तव्य राख्दै पत्रकारको हरेक सत्यकुरामा समर्थन जनाउनुको साथै आर्थिक दृष्टिकोणले पनि सबल बनाउनु पर्छ भन्ने धारणा राखेका थिए। त्यस्तै पर्सा जिल्ला प्रहरी प्रमुख गौतम मिश्रले पनि आफ्नो मन्तव्य राख्दै सत्यकुरामा कटिबद्ध भएर कलम चलाउन भन्दै सुरक्षाको ग्यारेन्टी गर्ने आफू प्रतिबद्ध रहेको बताए।

पत्रकार अनिल बर्माले शुभकामना मन्तव्य राख्दै कुनै पार्टीको शुभेच्छुक संस्था हुदैमा पार्टी गत भावना बाट ग्रसित नभएर राष्ट्रियता अखण्डता र मानवताको हितमा मात्र कलम चलाउनु पर्ने नै हाम्रो परम कर्तव्य रहेको बताएका थिए। र यस्का साथै हाम्रो देशमा भएगरेका अत्याचार भ्रष्टाचार अनियमितता तथा वेतिथिहरुको अंध्यारोमा यसो टर्च बालेर हेर्दा कार्यपालिका, व्यवस्थापिका तथा न्यायपालिका मात्र संविधानमा उल्लेखित रहेको तर चौथो अंग सञ्चार जगतको चर्चा पनि नराखी यीतीनवटा निकायमा नै समेटिएको हुनाले हाम्रो अधिकार लाई एउटा अंगको रुपमा संविधानमा हुनुपर्नेमा जोडदिएका थिए।

कार्यक्रममा लोकतान्त्रिक मुस्लिम संघका केन्द्रिय अध्यक्ष डा.कमरुल्लाह अंसारी, प्रसौनी गा.पा.पुर्ब अध्यक्ष भोला गुप्ता, लो.स.पा. महिला केन्द्रिय सदस्य ममता तिवारी, प्रसौनी उधोग बाणिज्य संघ अध्यक्ष तुलसी साह रौनियार, बिरगंज महानगर पालिका वडा:-११ का वडा अध्यक्ष अजय चौरसिया, प्रसौनी गा.पा.:-२ पुर्ब वडा अध्यक्ष सुरेश गुप्ता वडा:-४ पुर्ब वडा अध्यक्ष आन्न्द गुप्ता लो.स. पा.बारा जिल्ला सदस्य बृजकिशोर साह, समाजसेवी सत्यनारायण साह तेलि, मदन बहादुर क्षेत्री, पत्रकार प्रणय कुमार, जाकिर हुसेन लगायतको उपस्थिति रहेको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश