
कलैया, बारा।
आवश्यकीय ज्ञान प्रदान गर्ने विषय सामाजिक अध्ययन हो । त्यसैले फ्रान्सिस बेकनले भनेका थिए कि अध्ययनले मानिसलाई एउटा पूर्ण मानिस बनाउँछ, छलफलले उसमा तत्परता ल्याउँछ र लेखाइले ठीक जस्तो हुनुपर्छ त्यस्तै बनाउँछ।



यसले मानिस मानिसबीच, मानिस र समुदायबीच तथा मानिस र आत्मबीच अन्तक्र्रिया र मनोवाद गराउँछ । परिवार समाजको प्रारम्भिक स्वरुप हो भने परिवारको बृहत र संगठित रुप समाज हो । समाजमा बस्ने हरेक मानिसलाई त्यो समाजको सामाजिक, साँस्कृतिक र भौतिक वातावरणले प्रत्यक्ष वा अप्रत्यक्ष रुपबाट प्रभावित गर्दछ । समाज नै मानिसको पहिलो पाठशाला हो किनकि समाजबाट मानिसले जीवनोपयोगी ज्ञान, सीप र अनुभवहरु प्राप्त गर्दछ । मानिस मानिसबीचको सम्बन्ध विना कुनै पनि मानिसले प्रगतिको पथमा लम्कन सक्दैन्।
- सामाजिक अध्ययनको आवश्यकता तथा महत्व

सामाजिक विज्ञानका विषयवस्तु तथा अवधारणाहरुलाई एकीकृत गरी तयार गरिएको पुस्तक सामाजिक अध्ययन भएकोले यसको महत्व तथा आवश्यकता दिन प्रतिदिन बढ्दै गइरहेको छ । यो हरेक मानिस र समाजको सकारात्मक परिवर्तनको लागि अनिवार्य र महत्वपूर्ण विषयको रुपमा स्थापित भएको छ । त्यसै तथ्यलाई मध्यनजर राखेर विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले आधारभूत तह र माध्यमिक तहमा सामाजिक अध्ययन तथा मानवमूल्य शिक्षालाई अनिवार्य विषयको रुपमा शिक्षण गर्ने व्यवस्था गरेको देखिन्छ ।
तर २०७४मा अप ग्रेडिंग र पाठ्यक्रम परिवर्तन गरि नैतिक शिक्षा हटाएर खण्डण गरेको पनि देखिन्छ। जसको फल स्वरुप आज कुनै विद्यार्थी आफू भन्दा अग्रजको नामको अगाडि लगाउने गरिएको आदर सुचक शब्द पनि लगाउने गरेको पाउदैनन्, अरुकुराको सम्मान त पर नै जाओस तर त्यसैमा रामराजा बहुमुखी क्याम्पसले आफू भन्दा अग्रजको सम्मान सहित अवकास प्राप्त गरेका एक जना क्याम्पस कर्मचारी लाई विदाई गरि आफ्नो संस्कार र संस्कृति लाई जोगाएर समाजमा एउटा मिसाल पेस गर्दै विद्यार्थीहरु लाई पनि निकै राम्रो संदेश प्रवाह गरेका छन्।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष जंगबहादुर चौरसियाले आफ्नो मन्तव्य राख्दै महेश राज जोशीका व्यवहार जस्तै यदि सबैले राखे क्याम्पस लाई विकास हुन बाट कुनै बाधाले रोक्न सक्दैन भने धारणा राखेका थिए। जोशीले आफ्नो मन्तव्य राख्ने क्रममा भावुक हुँदै आँखा बाट आँसु समेत खसे संगै समाज शास्त्रको एउटा निकै मार्मिक आत्मियता लाई बोध गराउदै सबै सहभागी हरु लाई समेत भावुक बनाएको कुरा लाई समेट्दै अध्यक्ष चौरसियाले आत्मियताको भाव लाई प्रसंसा गरेका थिए।
सम्मान स्मारोह कार्यक्रममा क्याम्पस प्रमुख निबेस तिमल्सिना पुर्व क्याम्पस प्रमुख, प्राध्यापक, प्रध्यापिका लगायत सबै क्याम्पस कर्मचारीहरुको सहभागिता रहेको थियो। विद्यार्थीहरुको सहभागिता रहेको भए अझै सबै विद्यार्थीहरुले पनि निकै नै प्रभावित हुने थियो। समारोह कार्यक्रम क्याम्पसको सभा हलमा गरिएको थियो भने कार्यक्रम सञ्चालन सहायक क्याम्पस प्रमुख अमित मिश्रले गरेका थिए।






Comments are closed, but trackbacks and pingbacks are open.