विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

शिक्षा नै जीवनको ज्योति हो भन्ने मुल मन्त्रको अधारमा बाराको सुराहीमा ब्याग तथा स्टेसनरी वितरण

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा ।

शिक्षा नै जीवनको ज्योति हो भन्ने मुल मन्त्रको अधारमा बाराको सुराहीमा ब्याग तथा स्टेसनरी वितरण गरिएको हो। एलिजा फाउण्डेसन नेपाल काठमाडौं द्वारा संस्थाको आठौं वार्षिकोत्सवको अवसरमा बाराको कलैया उपमहानगरपालिका–१७ स्थित श्री लोकतान्त्रिक गणतन्त्र प्राथमिक विद्यालयमा एक सय पच्चीस थान ब्याग तथा शैक्षिक सामग्री वितरण गरिएको हो। उक्त कार्यक्रममा केक काटेर फाउण्डेसनले आफ्नो वार्षिकोत्सब मनाएको हो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

मंगलवार सम्पन्न उक्त कार्यक्रममा फाउण्डेसनकी अध्यक्ष तथा प्राइम टेलिभिजनकी डाइरेक्टर एलिजा गौतमले विद्यालयका कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूलाई ब्याग, कापी, कलम, फुटबल लगायत शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेकी छिन्।

Karaiya Mai Notice Winter

विद्यालयका प्रधानाध्यापक राजेश साहको अध्यक्षतामा आयोजित कार्यक्रममा कलैया–१७ का वडा सदस्य अबास अन्सारी, लोकतान्त्रिक मुस्लिम संघका केन्द्रीय अध्यक्ष डा. कमरुल्लाह अन्सारी, लोसपा महिला संगठनकी केन्द्रीय सदस्य ममता तिवारी लगायतले शुभकामना मन्तव्य दिएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गौतमले आफूले सानै देखि शिक्षा र स्वास्थ्य क्षेत्रमा चासो राख्दै आएको बताउदै, “बोल्नुभन्दा काम गरेर देखाउनु नै मेरो उद्देश्य हो,” भन्दै आगामी दिनमा पनि शिक्षा क्षेत्रमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाइन्। सहरी क्षेत्रमा प्राय सबै धनी वर्गका नै भएको तर मधेशमा खास गरेर बारा जिल्ला शिक्षा क्षेत्रमा निकै पछाडी परेको कुरा विभिन्न सञ्चार माध्यममा सुन्दै हेर्दै आएकोले गाउँका विद्यालयमा गरिब तथा असहाय बालबालिका सँग वार्षिकोत्सव मनाउन पाउँदा निकै खुसी लागेको बताइन्।

कार्यक्रममा वडा सदस्य लक्ष्मी पटेल, फाउण्डेसनकी सञ्जना थापा, विद्यालयका शिक्षक भवानी मिश्र, सीता साह, कार्यालय सहयोगी सुगन्धी पटेल, विनय पटेल, रन्जय यादव, सोनालाल पटेल, विद्यार्थी, समाजसेवी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको स्वागत शिक्षक भवानी देवी मिश्रले गरेकी थिइन् भने सञ्चालन सञ्चारकर्मी रमेश साहले गरेका थिए।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.