
शैलेश गुप्ता १२ श्रावण पोखरिया




पर्सा
को पोखरिया नगरपालीका वडा नम्बर ९ मा रहेको भुमि व्यवस्था ,सहरी तथा गरिबी निवारण मन्त्रालय नापी विभाग नापी कार्यालय पोखरियामा राजस्व अपचलन भईरहेको श्रोतले जनाएको छ । श्रोतका अनुसार दैनिक काटिने रसिद २ वटा रहेको छ । एक कार्यालयमा काटिने नकली रसिद र अर्को कोठामा काटिने सकली रसिद रहेको छ ।
श्रोतका अनुसार नापी कार्यालय पोखरियाको कार्यालय प्रमुख बब्लु पाण्डेयको विश्रवाश पात्र मानिने नापी कार्यालय पोखरियामा सर्वेक्षकको रुपमा कार्यरत उमेश साहले कार्यालय सहयोगीहरु सित रसिद काटन दबाब दिई रसिद काटन लगाईने गरिन्छ ।
नापी कार्यालय पोखरियाको कार्यालय प्रमुख पाण्डेय र सर्वेक्षक साहले आ व २०८१–०८२ मा लाखौ रुपैयाको रसिदको रकम हिनामिना गराएका छन ।
कार्यालयमा दिन भरी काटिएको नकली रसिद राती उमेश साहको दबाबमा कर्मचारीले कोठा बाट सकली रसिद काटेर ल्याउने गर्दछन । दिन भरीमा करिव ५० हजार बराबरको काटिएको नकली रसिदको रकम उमेश साहको दबाबमा कर्मचारीले राती कोठाबाट बाट ५–७ हजार बराबरको सकली रसिद काटेर भोली पल्ट खातामा जम्मा गर्ने गरेका छन । त्यस्ता काटिएका कयौ रसिद प्रमाणको लागी शुरक्षित रहेको छ ।






Comments are closed, but trackbacks and pingbacks are open.