विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पनौतीका शिव मन्दिरहरूमा घुइँचो, शिव सेना नेपालका अध्यक्ष बस्नेत पनि बम यात्रामा

सिम्रौन्गढ़ नपा psa

काभ्रेपलाञ्चोक, पनौती।

श्रावण महिना पवित्र पावन अवसरमा काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका अन्तर्गत रहेका शिव मन्दिरहरूमा दैनिक रुपमा सयौं श्रद्धालुहरूको भीड लाग्न थालेको छ। विशेषगरी सोमबारका दिन भक्तजनको चाप अत्यधिक देखिएको छ। बनेपा हुँदै पनौती क्षेत्रमा रहेका शिव मन्दिरहरूमा प्रसिद्ध पनौती त्रिवेणीघाट शिव मन्दिर, पातालेश्वर महादेव, भूतनाथ, गोरखनाथ लगायतका मन्दिरहरूमा बिहानदेखि बेलुकासम्म भक्तजनहरु दर्शन र पूजापाठमा व्यस्त देखिन्छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

श्रावण महिनामा भगवान शिवको विशेष पूजा-अर्चना गर्ने धार्मिक परम्परा अनुसार, श्रद्धालुहरू व्रत बस्ने, जल अभिषेक गर्ने र बेलपत्र चढाउने गर्दछन्। यसै क्रममा शिव सेना नेपालका केन्द्रिय सदस्य सुनिल खड्का, काभ्रे जिल्ला अध्यक्ष उरेन्द्र लामा तथा पनौती नगर अध्यक्ष त्रिलोचन के.सी., बनेपा नगर अध्यक्ष भुसन के.सी., बेदनाथ बाबा समेत दर्शनार्थीहरू सँगै दर्शन गर्न पुगेका छन्। शिवसेन नेपाल काभ्रे प्लान्चोक द्वारा गरिएको बोल बम यात्राको नेतृत्वमा शिव सेना नेपालका उपाध्यक्ष पञ्चराम श्रेष्ठ, महेश धोजु, श्याम श्रेष्ठ, सानु काजी थापा, हरि उप्रेती, राम खड्का, पासाङ लामा, बिश्वेश्वर लामा, रमेश खड्का सुरज बिष्ट तथा सयौं महिला शिवसेैनिकहरूको सहभागिता रहेकोे थियो। धार्मिक सहिष्णुता र हिन्दू संस्कृतिको संरक्षणका लागि यस्ता पर्वहरू लाई अझ व्यवस्थित बनाउनु पर्नेमा केन्द्रिय अध्यक्ष अनिल बस्नेत (बाबा)ले जोड दिएका छन्।

Karaiya Mai Notice Winter

स्थानीय प्रशासन र मन्दिर व्यवस्थापन समितिको सहयोगमा मन्दिर परिसरमा शान्ति, सुरक्षा र सरसफाइको व्यवस्था मिलाइएको छ। स्वयंसेवक टोलीद्वारा भक्तजनलाई लाइन व्यवस्थापन, चिसो पानी वितरण र वृद्धजन तथा महिलाहरूको सहायता कार्य गरिँदैछ।

श्रद्धालुहरू लाई सुरक्षित एवं व्यवस्थित रूपमा दर्शन गराउने उद्देश्यले ट्राफिक व्यवस्थापनमा समेत सुधार गरिएको छ। पनौती नगरपालिकाका अनुसार, श्रावण महिनाभर करिब ५ लाख भन्दा बढी भक्तजन आउने अनुमान गरिएको छ।

धार्मिक पर्यटकको आगमनले पनौतीको पर्यटन र आर्थिक गतिविधिमा पनि सकारात्मक प्रभाव परेको देखिन्छ। स्थानीय व्यवसायीहरू भन्छन्, “श्रावण महिनाले धार्मिक महत्व त दिन्छ नै, साथसाथै हाम्रो आर्थिक उपार्जनमा पनि सहयोग पुग्ने अनुमान गरिएको हो। यसरी, श्रद्धा, भक्ति र धार्मिक उत्साहले भरिएको श्रावण महिना पनौती नगरलाई एक धार्मिक केन्द्रको रूपमा उजागर भैइरहेको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.