विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

वीरगंज-१७ अलौंमा पत्रकार साहको पहलमा निःशुल्क आँखा शिविर सम्पन्न

सिम्रौन्गढ़ नपा psa

 

शैलेश गुप्ता १३ साउन पोखरिया

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

पर्साको

बिरगंज महानगरपालिका–१७, अलौंमा पत्रकार पवन प्रसाद साहको पहलमा निःशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न गरिएको छ । बिरगंज सामुदायिक आँखा केन्द्रको प्राविधिक सहयोगमा सञ्चालन भएको शिविरमा स्थानीय बासिन्दाले उल्लेखनीय स्वास्थ्य सेवा पाएका छन् । शिविरमा ८७ जना सेवाग्राहीको आँखा परीक्षण गरिएको थियो, जसमा १६ जनामा मोतियाबिन्दु देखिएको वीरगंज सामुदायिक आँखा केन्द्रका डा. प्रभात चौरसियाले जानकारी दिए । मोतियाबिन्दु भएका बिरामीको साउन १६ गते बिहीबार निःशुल्क शल्यक्रिया गरिने उनले बताए ।

 

शिविरमा डा. चौरसियाले आँखा परीक्षण गरेका थिए भने अस्पतालका ओमप्रकाश चौधरीले परीक्षणमा सहयोग पुर्याएका थिए। बिरामीहरूलाई निःशुल्क औषधि वितरणसमेत गरिएको थियो। कार्यक्रममा राप्रपा अलौंका वडा इकाइ सभापति छठु साह कानु, राप्रपा नेपाल पर्साका नेता उदित सहनी, जसपा पर्साका नेता बिरेन्द्र प्रसाद यादव, जादोलाल सहनी, पत्रकार विष्णु राम र समाजसेवी अमर यादवलगायतको उपस्थिति रहेको थियो। पत्रकार साहको सक्रियतामा सम्पन्न उक्त शिविरले स्थानीयस्तरमै प्रभावकारी सेवा प्रदान गर्दै जनस्वास्थ्यप्रति नागरिकको पहुँच बलियो बनाएको स्थानीयवासीहरूले प्रतिक्रिया दिएका छन्

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.