

शैलेश गुप्ता १५ श्रावण पोखरिया
पर्सा



को पटेर्वसुगौली गाउपालीका वडा नम्बर १ मा पर्ने रामभौरी भाठामा अवस्थित श्री श्री १००८ श्री दुधेश्रवरनाथ महादेव मन्दिर भाथा धामको मेला पत्येक वर्ष श्रावण कृष्ण पक्ष परेवा तिथी देखी १ महिना तथा माघ महिनाको शुक्ल पक्ष पँचमी र बैसाखको त्रेयदशी,जेष्ठ महिनाको गँगा दशहराको समयमा कयौ कयोै दिन लागने मेलाको सुरुवात हुने गर्दछ । ति मेलामा नेपाल लगायत, भारत चिन ,अमेरीका बँगला देश श्रीलँका जस्ता देशका पर्यटकहरु आउने गर्दछन । समग्रमा हेर्दा बढीमा भारतको विहार राज्यका पर्यटक श्रदालु भक्तजनहरु आउने गर्दछन ।

पर्यटक यात्रा प्रारम्भः–
बाबा दुधेश्रवरनाथ महादेव मन्दिर भाथा धामका शुन्दर दृश्यको यात्रा पटेर्वा सुगौली गाउपालीका वडा नम्बर १ मा पर्ने सोनवर्ष गाउँ बाट घना जँगलको यात्रा सुरु हुन्छ । भने पर्साको पोखरिया नगरपालिका वडा नम्बर ४मा रहेको पोखरेश्रर महादेव मन्दिर पोखरिया देखी जगरनाथपुर गाउपालकिा वडा नम्बर ६ को माधोपुर हुदै पटेर्वा सुगौली गाउपालिकाको सुगौली नदिको बाध हुदै ,बाबा दुधेश्रवरनाथ महादेव मन्दिर भाथा धाम सम्मको यात्रा ३३ किलो मिटरको रहेको छ । भने विरगन्ज पावर हाउस चौक देखि १८ किलो मिटर पश्च्मि तर्फ पोखरिया पर्ने गदर्छ । भने भारत राज्यको सिकटा पश्च्मिी चम्पारण विहार बाट छिपहरमाई गाउपालिका वडा नम्बर ५ को भिस्वा ं हुदै पोखरिया सम्म १२ किलो मिटरको बाटो रहेको छ ।

सोनवर्षा गाउँ बाट सुरु भएको घना जँगल यात्रामा ः–
सोनवर्षा गाउँ बाट सुरु भएको घना जँगल यात्रामा पहिलो वनदेवी माताको मन्दिर पर्छ । ति वनदेवी माताको मन्दिरमा भक्तजनहरुले जँगलमा भएको जुन सुकै रुखको पात तथा हाँगा चढाएर आशिर्वाद लिई जँगलको यात्रामा अगाडी बढने गर्दछन ।

घना जँगलको यात्रामा जँगली जनावारको आक्रमण हुन सक्ने डर, भए, र त्रास, नहुने बाट ज्यान जोगाउन तथा जनावरहरुको आक्रमण नहुने धार्मिक विश्वास रहेको भक्तजनहरुले बताएका छन । वनदेवी माताको मन्दिर बाट अगाडीको बाटोमा ,सवुज गण , वन रक्षक प्रहरी चेकिँग पोष्ट पर्ने गर्दछ । त्यस सवुज गण चेकिँग पोष्ट बाट अगाडी बढदा घना जँगलको विचमा कहि कहि जँगली जनावर हरीण ,चितवा , गेडा, बाघ, वन कुखुरी , मोर , मयुर, स्याल , हाती, भालु ,बादर,शुँगुर लगायतका विभिन्न जनावरहरु देखिन्छ । वनदेवी माताको आश्र्विादले जती जनावर रहेपनी भक्तजनहरुलाई कुनै किसिमको छती नहुने त्यहा रहेका भक्तजनहरुले बताएका छन । बाबा दुधेश्रवरनाथ महादेव मन्दिर भाथा धामका मन्दिर प्रवेश गर्दा त्यहा रहेको सोते नदिमा नुहाई त्यही नदिबाट जलभरी बाबालाई जल अर्पण गर्न मन्दिर तिर लागने गरिन्छ ।
मन्दिर प्रदेश द्धार ः–
मन्दिर प्रदेश द्धार अगाडी श्रद्धालुहरुको आराम तथा खाना पकाउन र खाना खानका लागी मन्दिरको सार्वजनिक धर्मशाला रहेको छ । ति धर्मशाला भक्तजनहरुले आफैले खाना पकाई खाने गर्दछन ।भने मन्दिरको भण्डारा चलिरहेको हुन्छ ।


ति मन्दिरको भण्डारामा पनी भक्तजनहरुले खाना खाई आराम गर्दछन । मन्दिरको प्रवेश द्धारमा दाहिने तर्फ गणेश भगवानको मन्दिर रहेको छ ।
त्यस मन्दिरमा पहिलो बाबा गण्ेश जीको दर्शन गरी आशिर्वाद लिई मन्दिरको सिडि चढने गरिन्छ।

मन्दिरमा श्री श्री १००८ श्री दुधेश्रवरनाथ महादेव मन्दिर भाथा बाबाको मन्दिर ,

माता पार्वती ,


माता दुर्गाको मन्दिर

रहेको छ ।






