विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेशनल मेडिकल कलेज र हुलास आइरन इन्डस्ट्रीजर हुलास इन्फ्रा लिमिटेड बीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न ।

सिम्रौन्गढ़ नपा psa

 

शैलेश गुप्ता १६ श्रावण पोखरिया

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

नेशनल मेडिकल कलेज प्रा0लि0, बीरगञ्ज र हुलास आइरन इन्डस्ट्रीज लिमिटेड तथा हुलास इन्फ्रा लिमिटेड बीच कर्मचारी तथा आश्रितहरूलाई लक्षित गरी स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले एक आपसी समझदारीपत्र ९ःइग्० मा हस्ताक्षर भएको छ।

Karaiya Mai Notice Winter

नेशनल मेडिकल कलेजको दर्ता कार्यालय, बीरगञ्ज–१५ मा सम्पन्न भएको औपचारिक सम्झौता कार्यक्रममा अस्पतालको तर्फबाट अस्पताल निर्देशक डा। इशरत जहान अन्सारी, प्रमुख सूचना अधिकृत इञ्जिनियर प्रदीप चौधरी, मार्केटिङ म्यानेजर जितेश चन्द्र दास तथा प्रशासनिक अधिकृत बिश्वनाथ कान्त तथा हुलास आइरन इन्डस्ट्रीज लिमिटेड र हुलास इन्फ्राका तर्फबाट वरिष्ठ मानव संसाधन प्रबन्धक गोकुल पौडेल तथा लेखा विभागका प्रतिनिधि मनोज पारिख लगायतको उपस्थित रहेको थियो ।

सम्झौता अनुसार, हुलास आइरन इन्डस्ट्रीजर हुलास इन्फ्रा का सञ्चालक समिति सदस्य, कर्मचारी र उनीहरूको प्रत्यक्ष आश्रितहरू ९बाबु–आमा, श्रीमानरश्रीमती र दुई जना सन्तान० ले नेशनल मेडिकल कलेजबाट नगदरहित सेवा प्राप्त गर्न सक्नेछन्। सामाजिक सुरक्षा कोष ९क्क्ँ० अन्तर्गतका लाभार्थीहरूका लागि सामाजिक सुरक्षा कोषको समन्वयमा सेवा उपलब्ध गराइनेछ भने गैर–क्क्ँ लाभार्थीहरूलाई विभिन्न छुटको व्यवस्था गरिएको छ।

आपतकालीन अवस्थाहरूमा न्गबचबलतभभ या एबथmभलत ९न्इए० प्राप्त भएपछि तुरुन्त सेवा उपलब्ध गराइनेछ। औद्योगिक दुर्घटना, पूर्व–रोजगार चेकअप, वार्षिक स्वास्थ्य परीक्षण तथा त्रैमासिक निःशुल्क स्वास्थ्य शिविर पनि सहमतिको हिस्सा रहेका छन्।
सम्झौताको अवधि एक वर्षको हुनेछ, जसलाई आपसी सहमतिमा नवीकरण गर्न सकिनेछ। दुबै पक्षले पारदर्शिता र गोपनीयताको सिद्धान्तमा आधारित रहेर सेवा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्।
यो सहकार्यले निजी क्षेत्रका कर्मचारीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न मद्दत पुग्ने र उद्योग–स्वास्थ्य क्षेत्रबीचको सहकार्यलाई थप मजबुत बनाउने विश्वास गरिएको नेशनल मेडकल कलेजका प्रेस सल्लाहकार आशिक अन्सारीले बताउनु भएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.