CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

YCL पटेलको नेतृत्वमा भ्रष्टाचार तथा वेतिथिविरुद्ध सहायक प्रजिअ लाई ज्ञापन, नभए आन्दोलनको चेतावनी

फेटा GP PSA
7,257
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा ।

देशमा भ्रष्टाचार, अत्याचार, दुराचार, अनैतिकता र अन्यायको चरम सिमा पार गर्नुको साथै देश नै डुब्ने कगारमा रहेको बेलामा YCL नेपाल बाराका अध्यक्ष शुभ नारायण पटेलको नेतृत्वमा साहयक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई लाई ज्ञापन पत्र बुझाएको थियो। ज्ञापनमा जिल्लाका विभिन्न सरकारी कार्यालयहरूमा चरम भ्रष्टाचार फैलिएको भन्दै ज्ञापन पत्र बुझाइएको हो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का भात्री संगठन योङ कम्युनिस्ट लिग (YCL) नेपालले जिल्लाभित्रमा चरम सिमा नाघेकोले भ्रष्टाचारविरुद्ध कडा अभियान सञ्चालन गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय, बारामा ज्ञापनपत्र बुझाएको हो। विशेषगरी स्थानीय तह, यातायात कार्यालय, मालपोत कार्यालय, विद्युत प्राधिकरण तथा अन्य प्रशासनिक निकायहरूमा सेवा लिन जनताले घुस दिनुपर्ने बाध्यता रहेको जनाइएको छ। YCL ले यस्तो अवस्था सर्वसाधारण जनता चौतर्फी मारमा पर्नुको साथै आर्थिक शंकटमा पर्ने गरेकोले तत्कालै सुधार नगरे जनआन्दोलन सुरु गर्ने चेतावनी दिएको छ।

YCL नेपालले हाल देशभर सञ्चालनमा रहेको भ्रष्टाचारविरोधी अभियान अन्तर्गत बारामा पनि जनचेतना र दबाब सिर्जना गर्दै आएको जनाएइको छ। ज्ञापनपत्र मार्फत YCL ले जिल्ला प्रशासन कार्यालय लाई भ्रष्टाचार नियन्त्रणका लागि तत्काल अनुगमन तथा सचेतना अभियान सञ्चालन गर्न आग्रह समेत गरेका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश