विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

चुरे संरक्षणका अभियन्ता सुनिलकुमार यादवलाई प्रकाश मानव अधिकार पुरस्कार द्वारा सम्मान

सिम्रौन्गढ़ नपा psa

काठमाडौं, नेपाल।

मानव कल्याणका लागि योगदान पुर्याउन लाई निस्वार्थ भावलाई उच्च कदर गर्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का संस्थापक महासचिव प्रकाश काफ्लेको ३३ औँ स्मृति दिवसको अवसरमा ३१ औँ प्रकाश मानव अधिकार पुरस्कार–२०८१ बाराको सिम्रौनगढ नगरपालिका–२ निवासी चुरे तथा वन–जंगल संरक्षण अभियन्ता सुनिलकुमार यादवलाई प्रदान गरिएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

साउन १६ गते ललितपुरमा आयोजित समारोहमा राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्त तथा ‘मानव अधिकार शताब्दी पुरुष’ डा. गौरीशंकरलाल दासले यादवलाई सम्मानपत्र, ताम्रपत्र, राशि ५० हजार रुपैयाँ र इन्सेकको प्रतीक चिन्हसहित पुरस्कार हस्तान्तरण गर्नुभयो।

कार्यक्रममा सम्बोधन गर्दै डा. दासले तराईमा अन्धाधुन्ध प्राकृतिक स्रोत दोहनका कारण बढ्दो वातावरणीय संकटलाई गम्भीर चुनौतीका रूपमा लिँदै सरकारले तराईलाई संकटग्रस्त क्षेत्र घोषणा गर्नुपरेको उल्लेख गर्नुभयो। साथै, वैदेशिक रोजगारीमा रहेका ५० लाखभन्दा बढी नेपालीको मताधिकार सुनिश्चित गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगमार्फत ध्यानाकर्षण गराउनुपर्ने धारणा राख्नुभयो।

Karaiya Mai Notice Winter

पुरस्कारबाट सम्मानित यादवले आफ्नो चुरे संरक्षण अभियानको सुरुवात २०७४ सालमै गरेको स्मरण गर्दै, “जलवायु परिवर्तन र पानीको संकटलाई ध्यानमा राखी प्राकृतिक स्रोतको संरक्षण अत्यावश्यक ठानें, त्यसैले चुरे र वनजंगल जोगाउने अभियान सुरू गरें,” भने। उनले परिवार, समुदाय र हजारौँ अभियन्ताको साथबिना यो सम्भव नहुने बताउँदै इन्सेकप्रति हार्दिक कृतज्ञता व्यक्त गरे।

यादवले पुरस्कार स्वरूप प्राप्त ५० हजार रुपैयाँ समाजका विभिन्न स्थानमा विरुवा वितरण र रोपणमा खर्च गर्ने घोषणा गर्दै, कार्यक्रम स्थलमै ५१ सय ५० रुपैयाँ बराबरको १५० वटा कागतीको विरुवा वितरण गरेर अभियानको सुरुवात गरे।

उनले अभियानमा अभिभावक भएर साथ दिने सामाजिक अभियन्ता सरोज राय, त्यसतै डा. जाहिद अन्सारी, अभियानी राजेश भण्डारी, अमन यादव, चन्द्रकिशोर यादव, नन्दकिशोर राम, शुभाष यादव , सुनिल भान्जा , नजमा खातुन , मदिना खातुन , अशा यादव , फुलो देवी , रामनारायण राम ,शेनिया सदा, शगिता सदा, निरा तिमलसिना, लक्ष्मी बस्नेत, कबिता गुरुङ, चन्द्र दाई, सानु माया, राधिका जी लगायत हजारौँ अभियन्ता तथा प्रमोद साह, दीपक करण, संजय यादव, संजय साह, अजय सिलवाली, जितलाल श्रेष्ठ, अशान्नद यादव, पुरन गुप्ता, कुलदीप दास(प्रेम), कैलाश दास, शलेन्द्र क्रान्ति, राजकरण महतो, फुलगेन मगही, विजय साह, प्रभु यादव, अनिल वर्मा, रमेश साह, बिमला गुप्ता, सुरज गुप्ता, ओमप्रकाश साह (गोपी), इन्द्र भुषण यादव, नितेश यादवलगायत पत्रकार मित्रहरूलाई विशेष धन्यवाद ज्ञापन गरे।

यादवले अन्त्यमा भने, “यो पुरस्कार म मात्रै होइन, सम्पूर्ण अभियन्ता र अभियानको हो। यो रकमबाट समाजका लागि हरियाली र वातावरण संरक्षणको काम निरन्तर अघि बढाउने छु।”

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.