CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

शुद्ध पिउने पानीको लागि बायोसेन्ड फिल्टर हस्तान्तरण कार्यक्रम सम्पन्न

फेटा GP PSA
7,971
सिम्रौन्गढ़ नपा psa

सर्लाही ।

र्लाही जिल्लाको मलंगवा नगरपालिका वडा नं. ६ स्थित खुटाउन गाउँ र बागमती नगरपालिका अन्तर्गत अगरवा सशस्त्र प्रहरी क्याम्पमा आज विशेष हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। हेल्पिङ ह्यान्ड फर रिलिफ एन्ड डेभलपमेन्ट नेपालको आर्थिक सहयोगमा र स्थानीय समाज विकास केन्द्रको सहजीकरणमा शुद्ध पिउने पानीको लागि बायोसेन्ड फिल्टर प्रणाली हस्तान्तरण गरिएको हो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

प्रमुख अतिथिका रूपमा पूर्वगृहमन्त्री तथा मधेस प्रदेश सभा सदस्य माननीय बिमला अन्सारीको गरिमामय उपस्थिति रह्यो। अगरवा क्याम्पमा आयोजित कार्यक्रममा स्थानीय समाज विकास केन्द्रका अध्यक्ष, अगरवाका उपमेयर, हेल्पिङ ह्यान्ड नेपालका को–अर्डिनेटर जिवा पोखरेल, कोषाध्यक्ष रेविका न्यौपाने, सल्लाहकार अर्जुन थापा, फिल्ड अफिसर वसिम अन्सारी तथा सशस्त्र प्रहरी बलका एसपी सहित सम्पूर्ण सुरक्षाकर्मीको उपस्थिति उल्लेखनीय रह्यो।

Karaiya Mai Notice Winter

त्यसैगरी, खुटाउनको विद्यालयमा आयोजित कार्यक्रममा वडा अध्यक्षसहित विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।

हाल देशभरि विशेषगरी मधेश प्रदेशमा लगातारको वर्षा नहुनु, भूमिगत जलस्रोत सुक्खा हुनु र उच्च तापक्रमका कारण गाउँ, टोल, शहर सबै क्षेत्रमा सुखाग्रस्त स्थिति उत्पन्न भइसकेको छ। यस्तो प्रतिकूल अवस्थामा पिउने पानीको चरम अभाव रहेको उल्लेख गर्दै, पूर्वगृहमन्त्री अन्सारीको पहलमा यी दुई स्थानमा शुद्ध खानेपानीको दीर्घकालीन समाधान स्वरूप बायोसेन्ड फिल्टरको व्यवस्था गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथि पूर्वगृह कानुन तथा सञ्चार मन्त्री प्रदेश सभा सदस्य माननीय बिमला अन्सारी ज्यूले आफ्नो भनाइ राख्दै यो समस्या सरकारले पहल गरेर छिटो समाधान गर्नुपर्ने र हामीले सरकारको मुख्यमन्त्रीज्यूलाई ज्ञापनपत्र बुझाउँदा समेत सरकार गम्भीर देखिएको छैन। उहाँले अगाडि थप्नुभयो” यस्तो सहयोगले स्वास्थ्य सुरक्षामासुधार ल्याउने मात्र नभई संकटग्रस्त क्षेत्रमा राहतको अनुभूति गराउने कार्य भएको बताए। जनस्वास्थ्यको संरक्षण र दीगो विकासतर्फको यस्तो कदमले स्थानीयस्तरमा सकारात्मक प्रभाव पार्ने विश्वास समेत व्यक्त गर्नुभएको थियो”।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश