विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

लालु यादवको घटना बारे नेपाल भारत खुला सिमा संवाद समूहको गम्भीर ध्यानाकर्षण

सिम्रौन्गढ़ नपा psa

स्थान: राजबिराज,सप्तरी।

लालु यादवको घटना बारे नेपाल भारत खुला सिमा संवाद समूहको गम्भीर ध्यानाकर्षण गर्दै विज्ञयप्ती जारी गरेका छन्। नेपाल भारत खुला सिमा संवाद समूह जिल्ला कार्य समिति सप्तरीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मंण्डलले विज्ञयप्ती जारी गरेका छन्। राजगढ गाउँपालिका–२, कमलपुर निवासी ३६ वर्षीय लालु यादवको मङ्गलबार राति प्रहरीको गोलीबाट भएको दु:खद एवं निन्दनीय मृत्यु भएकोमा नेपाल प्रती खेद प्रकट गरेका छन्। स्व. यादव स्थानीय श्री खुवलाल जगन्नाथ शक्ती आधारभुत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका थिए। यादवले लाइसेन्स प्राप्त गरी कानुनी प्रक्रियामार्फत मदिरा व्यवसाय सञ्चालन गर्दै आउएका थिए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

तथापि, स्थानीय प्रहरी प्रशासनले नियमनको नाममा दमनकारी शैली अपनाउँदै नियन्त्रणमा लिने क्रममा यादव लाई गोली प्रहार गरी ज्यान लिएको घटनाले सम्पूर्ण मानव अधिकार, न्याय प्रक्रिया र राज्य संयन्त्रको चरित्रमाथि गम्भीर प्रश्न उठाएको विज्ञायप्तिमा उल्लेख गरिएको छ।
शान्तिपूर्ण तवरले समाधान गर्न सकिने स्थितिमा समेत बल प्रयोग गरिनु अमानवीय र गैरकानुनी रहेकोे विज्ञयप्तिमा ठहर गरिएको हो।

प्रहरीका लागि नियन्त्रणका वैकल्पिक उपायहरू हुँदाहुँदै गोली प्रहार गर्नु शक्ति दुरुपयोगको ज्वलन्त उदाहरण हो। यस्ता घटनाले संविधान प्रदत्त नागरिक अधिकार र लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रहार गर्दछ। नेपाल भारत खुला सिमा संवाद समूह यस घटना लाई गम्भीर रूपमा लिँदै निम्न मागहरू गरेको छ।

  • 1. स्व. लालु यादवको हत्याको निष्पक्ष र उच्चस्तरीय छानबिन गर्न तत्काल समिति गठन गरियोस्।
  • 2. घटनामा संलग्न दोषी प्रहरी अधिकारीहरूमाथि तत्काल कारबाही प्रक्रिया सुरु गरियोस्।
  • 3. पीडित परिवारलाई उचित क्षतिपूर्ति, सुरक्षा तथा न्याय सुनिश्चित गरियोस्।
  • 4. राज्यले यस घटनालाई सामान्यीकरण नगरी गम्भीर संवेदनशीलताका साथ सम्बोधन गरोस्।

    स्मरण रहोस्, यस्ता घटनाहरूले राज्य र नागरिकबीचको विश्वास खण्डित गर्ने मात्र होइन, सीमावर्ती क्षेत्रमा असन्तोष र अस्थिरता निम्त्याउने खतरा बढाउँछन्। खुला सिमाका संवेदनशील स्थानहरूमा राज्य संयन्त्रले जनतामाथि विश्वास गर्ने र लोकतान्त्रिक उत्तरदायित्व पूरा गर्ने कार्यशैली अवलम्बन गर्न अत्यावश्यक छ।

    न्यायको सुनिश्चितता नै स्थायी शान्ति र सुशासनको आधार हो त्यसैले सरकार लाई गम्भीर हुन आग्रह गरेका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.