विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलद्वारा दुधेश्वरनाथ महादेव मन्दिरलाई चारवटा सिलिङ्ग पंखा हस्तान्तरण

सिम्रौन्गढ़ नपा psa

वीरगंज – पर्सा जिल्लाको पटेवा सुगौली गाउँपालिका–१ मा अवस्थित श्री श्री १००८ श्री दुधेश्वरनाथ महादेव भाठाधाम मन्दिरलाई बीरगंज महानगरपालिका वडा नम्बर १० मा रहेको माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल तथा प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तवले चारवटा सिलिङ्ग पंखा हस्तान्तरण गरेका छन्।

उक्त पंखा श्री श्री १००८ श्री दुधेश्वरनाथ महादेव भाठामेला समितिका पत्रकार अध्यक्ष शम्भु महतो थारूमार्फत मन्दिरलाई प्रदान गरिएको हो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

प्रिन्सिपल श्रीवास्तवले समाजसेवा र धार्मिक योगदानलाई महत्त्व दिँदै स्कुल र अशोक बाटिकाको सहकार्यमा पंखा हस्तान्तरण गरिएको जानकारी दिएका छन्। चार पंखामध्ये एकवटा बैष्णुदेवी बचत तथा ऋण सहकारी संस्थाका दिपेन्द्र श्रेष्ठले समेत सहयोग गरेका छन्।

Karaiya Mai Notice Winter

उनले भने, “शिक्षा मात्र नभई धार्मिक क्षेत्रमा पनि योगदान गर्नु हाम्रो कर्तव्य हो।” साथै, अन्य व्यक्तिहरूलाई पनि यस्ता धार्मिक कार्यमा सहयोग गर्न आह्वान गरेका छन्।

कार्यक्रममा आईडीएल इन्टरनेशनल एकेडेमीका प्रिन्सिपल सुमित कलवारको समेत उपस्थिति रहेको थियो।

समितिका अध्यक्ष शम्भु महतो थारूले इच्छुक सहयोगीहरूलाई आफ्नो मोबाइल नम्बर ९८५५०३६३७५ मा सम्पर्क गर्न आग्रह गरेका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.