CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सात करोड ६९ लाखको अनियमितताको रहस्य, २०८४को चुनाव त होइन ?

फेटा GP PSA
15,528
सिम्रौन्गढ़ नपा psa

कलिया, बारा।

सात करोड ६९ लाखको अनियमितताको रहस्य, २०८४ त होइन भन्ने सर्वसाधारणले औल्याउँदै अब आउदो समयमा पुरानो दलालाई तह: लगाउनु पर्ने चर्चा गर्ने गरेका छन्। सुशासन, पारदर्शिता र जवाफदेहिताको गुणगान गाउने कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साहकै कार्यकालमा करौडौंको अनियमितता भएको महालेखा परीक्षक प्रतिवेदनले पुष्टि गरेको छ । महालेखा परीक्षक प्रतिवेदन अनुसार आर्थिक वर्ष ०८०।०८१ मा कलैया उपमहानगरपालिकामा ७ करोड ६९ लाख ३९ हजार ८१ रुपैया अनियमितता भएको जनाएका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

महालेखाको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०।०८१ मा उपमहानगरपालिकाले कलैया हाट बजार मर्मत र सौन्दर्यकरणको नाममा १ करोड १ लाख ४३ हजार ४ सय १८ रुपैया, बृक्षारोपणमा १ करोड ३४ लाख ९८ हजार ५ सय ७५ रुपैया, अधुरै काममा बढी कार्य स्विकार गरी २ करोड १० लाख ९२ हजार १ सय १० रुपैया, कृषि विद्युतिकरणमा ३ करोड १७ लाख ५७ हजार ५ सय ५५ रुपैया, कच्चावारी नभरी ४४ हजार ५ सय रुपैया र शिर्षक फरक पारी खर्च गरी ४ लाख २ हजार ९ सय २३ रुपैया गरी ७ करोड ६९ लाख ३९ हजार ८१ रुपैयाको अनियमितता भएको जनाइएको छ ।

महालेखाको प्रतिवेदन अनुसार सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७ (१) मा १ करोड रुपैया सम्मको लागतमा निर्माण हुने कार्यमा मात्र उपभोक्ता समिति मार्फत गराउने प्रावधान रहेपनि उपमहानगरपालिकाले कलैया हाट बजार मर्मत तथा सौन्दर्यकरणमा १ करोड १ लाख ४३ हजार ४ सय १८ रुपैयाको निर्माण कार्य उपभोक्ता समिति मार्फत गराएर अनियमितता गरेको लेखिएको छ ।

Karaiya Mai Notice Winter

त्यस्तै महालेखाको प्रतिवेदन अनुसार कलैया उपमहानगरपालिकाले बृक्षारोपणको लागत अनुमान, टि गार्डको नम्स, ढुवानीको स्टिमेट, बिरुवाको रेखदेख, ठेक्कापट्टाको अनुमतिपत्र नभएको फर्मसंग खरिद सम्झौता र लागत अनुमानको स्विकृती नलिई सबै शिर्षकमा अनियमित तरिका अपनाइ १ करोड ३४ लाख ९८ हजार ५ सय ७५ रुपैया अनियमितता गरेको भेटिएको छ ।

सार्वजनिक खरिद नियमावली २०६४ को नियम ११७ मा निर्माण भएको कार्यको हकमा कम्तीमा ९० प्रतिशत भौतिक प्रगति भएको र आयोजनाको उद्देश्य अनुरुप सो निर्माण कार्य सामान्य प्रयोग वा संचालनमा आएको अवस्थामा भएको कार्य स्विकार गरी भुक्तानी दिनुपर्ने व्यवस्था छ । तर उपमहानगरपालिकाले वडा नम्बर ७ मा छठीया पोखरी पार्क निर्माण फेज ३, वडा नम्बर १८ मोतिसर विद्यालय भवन निर्माण र टावर लाईट जडानको कार्यमा न्युनतम ९० प्रतिशत भौतिक प्रगती नहँदै स्विकार प्रतिवेदन जारी गरी २ करोड १० लाख ९२ हजार १ सय १० रुपैयाको अनियमितता गरेको महालेखा प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै कृषि विद्युतिकरणमा उपमहानगरपालिकाले करारको कर्मचारी बाट लागत अनुमान स्विकृत गराई अनियतिता गरेको पाईएको छ । महालेखाको प्रतिवेदन अनुसार सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४ अनुसार १ करोड देखी ५ करोड रुपैया सम्मको लागत अनुमान राजपत्राकिंत द्धितिय श्रेणीको कार्यालय प्रमुख वा प्रशासकिय अधिकृत बाट स्विकृत गर्नुपर्ने व्यवस्था छ । तर उपमहानगरपालिकाले पालिकाको प्राविधिक शाखाको छैठौ तहका करार कर्मचारीबाट नियम विपरित लागत अनुमान स्विकृत गराई ३ करोड १७ लाख, ५७ हजार ५ सय ५५ रुपैया अनियतिता गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

दैनिक भाषणबाजीमा सुशासनको भजन गाउने नगर प्रमुखकै पालिकामा भएको यस प्रकारको अनियमितताले मुखमा सुशासन, व्यवहारमा भ्रस्टाचार भन्ने यथार्थ उजागर गरेको छ । सुशासन, पारदर्शिता, जवाफदेहिता भन्ने झूटो नारा मुनि चलेको पालिकामा यति ठूलो रकम अनियमितता हुँदा नगर प्रमुखको शासन अब भ्रष्टाचारको प्रजनन केन्द्र बनेको प्रष्ट भएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश