विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

स्व. मिश्रीलाल सहनी कल्युगका केवट निषाद : ठाकुर

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

हुनत जीवन र मृत्यु भनेको मानव जीवनको प्राकृतिक प्रक्रियाहो तर हरेक व्यक्तिको श्रद्धाञ्जली सभामा फरकफरक पार्टीका व्यक्ति द्वारा श्रद्धाञ्जली अर्पण गरिएको कुराले निकै नै समाजिक लगानी, स्वभाव तथा त्रेता युगको निशाध राज केवटको जस्तै आफ्नो जीवनभरी व्यक्तित्व निर्माण गरेको बुझिन्छ। लोसपा नेपाल देवताल गा.पा. इकाई अध्यक्ष एवं पूर्व वडा अध्यक्ष स्व. मिश्रीलाल सहनीको १३ औं पूण्यतिथिको भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नका लागि आयोजन गरिएको शोक संवेदना समारोहमा हरेक पार्टी बाट गन्यमान व्यक्तिहरुको सहभागीता रहेकोे थियोे।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

स्व. मिश्रीलाल सहनीको तेर्हौ पुन्यतिथिमा लोसपा नेपाल अध्यक्ष ठाकुर द्वारा श्रद्धाञ्जली सभा गरिएको हो। माननीय महन्त ठाकुरको प्रमुख आतिथ्यतामा श्रद्धाञ्जली सभाको आयोजना गरिएको हो। लोसपा नेपाल देवताल गा.पा. इकाई समिति पिप्राढी, बाराको एवं शोक सन्तप्त परिवारको आयोजनामा सभा गरिएको थियोे।

वास्तविक मानवमा हुनुपर्ने गुण जुन त्रेता युगमा मर्यादा पुरुषोत्तम भगवान राम लाई नदि पार गराएका निषादराज मित्र जस्तै व्यवहार रहेका तथा ठिक त्यस्तै मिठास भएको हासिलो मुहार एवं शालीन व्यवहार भएको गुण्गान गर्दै पुर्व माननीय जितेन्द्र सोनले बखान गरेका थिए। जसरी भगवान सत्यको लडाईका लागि राक्षसहरुको संघारगर्न जंगल जाने क्रममा नदि पार लगाई सत्यका लागि सेवा गरेको जस्तै आदिवासी जनजाति दलित पिछडिएका वर्ग निषाद समुदाय लगायतका अधिकारका लागि गरिएको मधेश आन्दोलन अर्थात कल्युगका राक्षसरुपी व्यवहार भएका कुरुर दलका कुरुर नेतृत्व वर्ग बाट आफ्नो अधिकार खोस्न लाई आन्दोलनरत रहेका आन्दोलनकारीहरु लाई आफ्नो गम्छा बाट सबैका खुन पसिना पोछेर सेवा गरेको कुरा लाई राख्दै भावविभोर गर्दै आज हाम्रो बिचबाट भौतिक शरीर नरहे पनि जीवन भरी वहाले गरेको व्यवहार रहिरह्ने भन्दै सभामा सहभागी सबै लाई भावुक बनाउदै आफ्नो श्रद्धाञ्जली अर्पण गरेका थिए ।

सभामा सहभागी हरेक पार्टीका शिर्ष नेताहरुले स्व. सहनीको व्यवहार बारे गुणगान गरेका थिए। सहनी सरकारी सेवा गर्दै जनता वाट अनुमोदित हुँदै जनप्रतिनिधि तथा समाज सेवामा सधै तल्लीन रह्ने शालीन स्वभागका रहेको सबै वक्ताहरुले स्व. हसनी प्रती भावुक हुँदै श्रद्धाञ्जली अर्पण गरेका थिए। कार्यक्रम सञ्चालन जसपा नेपालका युवा एवं क्रान्तिकारी नेता तथा वडा अध्यक्ष अरुण सिंहले गरेका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.