विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

हिन्दुबादीहरु राजनैतिक रुपमा संगठित हुनु आवश्यक : यादव

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

बाराको परवानीपुर गाउँपालिका स्थित बुनियादमा राष्ट्रिय एकता अभियान बाराद्वारा आयोजित भेलामा सम्बोधन गर्दै अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले हिन्दू राष्ट्र घोषणाका लागि अब हिन्दुबादीहरु राजनैतिक रुपमा संगठित हुनुपर्ने आवश्यकता औंल्याएका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

अध्यक्ष यादवले हिन्दू समाज कमजोर नभएको तर राज्य हिन्दू समुदायप्रति उदासीन देखिएकाले राजनीतिक संगठितताबाट मात्रै अधिकार सुनिश्चित गर्न सकिने धारणा राखे। उनले मधेशको भूमिलाई जिहादी आतंकवादीहरुको सेल्टरका रुपमा प्रयोग भइरहेको र हिन्दू समुदायमाथि निरन्तर षड्यन्त्र तथा प्रहार भइरहेका घटनामा बर्तमानका दलहरु समेत हिन्दू विरोधी गतिविधिमा संलग्न देखिएको आरोप लगाए।

उनले हिन्दू समुदायलाई जागृत गर्दै यस्ता दल तथा नेताहरुलाई पहिचान गरी बहिष्कार गर्न आह्वान गरे। मानव सभ्यताको उद्गम नै हिन्दू धर्म रहेको भन्दै यादवले विश्वभरका हिन्दूहरूको आस्थाको केन्द्र नेपाललाई बनाउन संविधानमै संघीय हिन्दू गणतन्त्र कायम गर्नुपर्नेमा जोड दिए। साथै उनले सांस्कृतिक पर्यटनलाई विश्वव्यापी रूपमा प्रचार–प्रसार गरेर मात्रै देश आर्थिक रुपमा अघि बढ्न सक्ने बताए।

कार्यक्रममा अभियानका संरक्षक सेवक सौरभ नाथ, सदस्य रामाशीष यादव, अवधेश मण्डललगायतले मन्तव्य व्यक्त गरेका थिए। भेलाले अभियानको एक समिति पनि गठन गरेको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.