CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सुटकेशभित्र फेला परेको शव रौतहटकै रुबी देवी साहको रहेको पुष्टी : थप अपडेट

फेटा GP PSA
15,508
सिम्रौन्गढ़ नपा psa

गौर, रौतहट।

रौतहटको सदरमुकाम गौर-सिर्सिया सडकखण्ड अन्तर्गत मुडवलवा जाने बाटो नजिक सुटकेशभित्र फेला परेको शवको पहिचान खुलेको छ। रौतहट प्रहरीका अनुसार शव ३० वर्षीया रुबी देवी साहकी रहेको पहिचान खुलेको छ। मृतक साह माधवनारायण-६ मधोपुर, हाल गौर-२, महादेव पट्टीमा डेरा गरी बस्दै आएकी थिइन्। मृतक रुबीको चार वर्षको एक छोरा रहेको प्रहरीले जनाएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

भारतको बिहार मुजफ्फरपुर घर भएको प्रहरीले दिएको जानकारी अनुसार रुबीका श्रीमान ३५ वर्षीय शिव कुमार साह भारत, बिहार, मुजफ्फरपुर जिल्ला सकरा बेल निवासी तथा साधु शरण साहका छोरा हुन्। मृतक रुबी देवी साह, रौतहट माधवनारायण नपा–६ बस्ने राम विनोद साह मण्डलकी धर्मपत्नी अन्दाजी ५० वर्षीया सुनिच्छा देवीकी छोरी हुन्।

Karaiya Mai Notice Winter

शनिबार राति करिब साढे १० बजेतिर सडक किनारमा डोरीले बाँधिएको अवस्थामा भेटिएको सुटकेश खोलेपछि अन्दाजी ३० वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ। प्राथमिक रूपमा शवसँगै भेटिएका साडी र चुराका आधारमा महिला भएको अनुमान गरिएको थियो।
शवलाई रस्सीले बेरिएको अवस्थामा सुटकेशमा राखिएकाले हत्या गरी फालिएको हुन सक्ने आशंका प्रहरीले गरेको छ।

घटना स्थलमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी राजु कार्कीको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो। मुचुल्कापछि शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको डिएसपी कार्कीले जानकारी दिएका छन्।

घटनाबारे सत्यतथ्य पत्ता लगाउन प्रहरीले नजिकैको विद्यालयमा जडान गरिएको सिसीटिभी फुटेज संकलन गरेको छ भने मृतकको मोबाइल कल डिटेल निकाल्ने तयारी भइरहेको जनाइएको छ। हालसम्म घटनाबारे विस्तृत विवरण आउन बाँकी भए पनि प्रारम्भिक अनुसन्धानका आधारमा प्रहरीको अनुमान रहेको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश