विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

लोसपा नेपाल बारा द्वारा चौथो वार्षिकोत्सब पार्टी कार्यालयमा सम्पन्न

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको चौथो स्थापना दिवसको उपलक्ष्यमा बारा जिल्ला कार्य समितिले आज कलैया पार्टी कार्यालयमा स्थापना दिवस मनाएका छन्। लोसपाले वार्षिकोत्सव मात्र नभएर, यो दिन हाम्रो आदर्श, हाम्रो संघर्ष र हाम्रो प्रतिबद्धताको पुनःस्मरणको एउटा अविस्मरणीय दिन पनि रहेको ठान्ने गरेका छन् । केही वर्षअघि आजकै मितिमा मुलुकमा लोकतन्त्रलाई संस्थागत गर्ने, गणतंत्र लाइ सबल बनाउने तथा मधेशी जनताको अधिकार सुनिश्चित गर्ने संकल्पसहित यो पार्टीको जन्म भएको थियो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

हाम्रो यात्रा सरल थिएन र अझै केही संघर्ष बाकी नै रहेकोले हामी आज पनि संघर्षमा नै रहेको जनाएका छन्। देशको राजनीतिक उतारचढाव, चुनौती र आलोचनाबीच पनि हामीले सिद्धान्त र मूल्यबाट कहिल्यै सम्झौता नगरेको कुरा जनाएका छन्। यही प्रतिबद्धता नै हाम्रो पुँजी हो । तर इतिहास लाई मात्र सम्झेर बस्नुले हाम्रो अधिकार नमिल्ने भएकोले अब हामी सबै मधेशी लाई भ्रष्टाचारी दलहरु लाई आफ्नो मताधिकार बाट ठेगान लगाउने दिन आएकोले यो मौका नगुमाउने आग्रह गरेका छन्। हामीलाई अझ राम्रो बन्न निरन्तर आत्मसमिक्षा र सुधार आवश्यक रहेकोे कुरा लाई आत्मसात गर्दै अन्तमा सबैमा अनन्त शुभकामना व्यक्त गरेका छन्।

लोसपा नेपाल बारा जिल्ला कार्यसमितिका जिल्ला सचीव राम बाबु सोनलको अध्यक्षतामा वार्षिकोत्सब मनाएका छन्। तथा लोसपा नेपालका लोकतान्त्रिक मुस्लिम संघका केन्द्रिय अध्यक्ष डा. कमरुल्लाह अंसारी, केन्द्रिय सदस्य महमद फिरोज आलम,  युवाका अध्यक्ष साबीर आलम, रमेश सरार्फ, उमेश सोनल, कलैया नगर अध्यक्ष जयप्रकाश साह, संत यादव लगायतकाले शुभकामना मन्तव्य राखेका थिए। सहभागिता पार्टीका अर्विन्द यादव, लालमहम्मद अंसारी लगायत अनेकौं नेताकार्यकर्ताहरु सहभागी रहेका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.