विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

इप्रका कृष्णनगर द्वारा  ५० ग्राम लागु औषध सहित भारतीय नागरिक  पक्राउ

सिम्रौन्गढ़ नपा psa

कृष्णनगर, कपिलवस्तु ।

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ झण्डेनगर बाट लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित एक जना पक्राउ परेका छन्। इ.प्र.का.कृष्णनगर कपिलवस्तुका प्रहरी निरीक्षक र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा रुपन्देही बाट संयुक्त रुपमा टोली खटिगई साउन ७ गते सनिवार लगभग ११ बजे तिर लागु औषध कारोबार गरी रहेको अवस्थामा देश भारत उत्तर प्रदेश जिल्ला गोण्डा काशिराम आवास घर भई हाल जिल्ला शिद्धार्थनगर थाना ढेबरुवा बसस्टप बस्ने बर्ष २० को महमद कैफलाई  पक्राउ गरिएको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

कैफलाई चेकजाँच गर्ने क्रममा निजले लगाएको पाइन्टको गोजीमा छिपाई राखेको ५० ग्राम ८१० मिलिग्राम शुद्ध तौल भएको लागु औषध ( खैरो हिरोईन) जस्तो देखिने गिलो पदार्थ सहित निजलाई प्रहरीले नियंत्रणमा लिइ इलाका प्रहरी कार्यालय कृष्णानगर बाट थप अनुसंधान कार्य भइ रहेको छ।

पक्राउ परेका कैफलाई कपिलवस्तु जिल्ला अदालत बाट आठ दिनको म्याद थप गरि अनुसंधान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिएका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.