विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पोखरिया नगरपालिकाका मेयर चौहानको एक्शन ९ विधालयका प्रधानाध्यापकहरुको सरुवा लगतै कार्यभार समभाल्दै

सिम्रौन्गढ़ नपा psa

 

शैलेश गुप्ता १५ भाद्र पोखरिया

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

शिक्षाको गुणस्तर सुधारकालागी पोखरिया नगरपालीकाको मेयर प्रदुमन प्रसाद चौहानले कडा र कठोर निर्णयका साथ अगाडी बढी ९ ठाउमा कार्यरत रहेका शिक्षक तथा प्रधानाध्यापकहरुको सरुवा गरेका छन । नगर प्रमुख चौहान सँग बुझदा आफुले गाउँ गाउँ टोल टोलमा अनुगमन गर्दा विधालय पढने विधार्थीहरुको अभिभावकको पढाई समबन्धी गुनासो सुने पश्रचात शिक्षाको गुणस्तर सुधारकालागी सरुवा गर्नु परेको उनले बताए ।

 

धेरै दिन सम्म एकै ठाउमा बसेर काम गर्दा प्रधानाध्यापक , शिक्षक र विधार्थी विचको सँवाद नजिक हुदा जिमेवारीमा लाप्रवाही देखिन्छ । ति लाप्रवाहीले गर्दा विधालय पढने विधार्थीहरुको भविष्य विग्रने खतरा बढी हुन्छ ।

 

सामुदायिक विधालयमा विशेष गरी गरिबी रेखा मुनी पर्ने अभिभावकका बच्चाहरु पढने गर्दछन । पैसा भएका अभिभावकका बच्चाहरु पठन पाठनकालागी निजी विधालय तथा बाहिर बसेर अध्यन गर्ने गर्दछन ।

 

जुन सुकै शिक्षक शिक्षिकाले ति सामुदायिक विधालयमा पठने विधार्थीहरुको भविष्य सँग खेलवाड हुने गरी गतीविधीगरे पश्रचात प्रमाणको आधारमा कडा कार्वाही गरिने चौहानले बताए । राम्रो काम गर्ने नगरपालीकाको नाममा उज्जयालो छर्ने जुन सुकै शिक्षक शिक्षिकाले गे वापत मुल्याँकनको आधारमा समान सहित नगरपालीकाले पुरस्कृत पनी गर्ने नगर प्रमुखको भनाई रहेको छ ।

 

सरुवा हुनेमा

 

१ श्री जिल्ला उचाँगल रामदेव कलवार मा वि पोखरियामा कार्यरत रहेका प्रधानाध्यापक ओमप्रकास प्रसाद रौनियारको श्री नेपाल राष्ट्रिय मा वि जगतपुरमा सरुवा भएको छ ।

 

२ श्री पदम महोबनी मा वि रानीगँज श्रीसियामा कार्यरत रहेका प्रधानाध्यापक शँकर प्रसाद रौनियारको श्री नेपाल राष्ट्रिय कन्या मा वि सतवरिया पोखरिया –४ मा सरुवा भएको छ ।

 

Karaiya Mai Notice Winter

३ श्री जिल्ला उचाँगल रामदेव कलवार मा वि पोखरियामा कार्यरत रहेका शिक्षक पर्वत ठाकुर लोहारको प्रधानाध्यापकमा सरुवा भई श्री पदम महोबनी मा वि रानीगँज श्रीसियामा कार्यभार सम्भालेका हुन ।

 

४ श्री जिल्ला उचाँगल रामदेव कलवार मा वि पोखरियामा कार्यरत रहेका शिक्षक राजकुमार साहले सोही विधालयमा प्रधानाध्यापकको जिमेवारी समभालेका छन ।

आधारभुत तहमा निमा वि मा

१ श्री नेपाल राष्ट्रिय मा वि जगतपुरमा कार्यरत रहेका प्रधानाध्यापक लालबाबु प्रसाद चौहानको श्री नेपाल राष्ट्रिय आधारभुत विधालय श्रीसिया पर्सामा सरुवा भएको छ ।

 

२ श्री नेपाल राष्ट्रिय कन्या मा वि पोखरिया –४ सतवरियामा कार्यरत रहेका रामबाबु प्रसाद चौहानको श्री नेपाल राष्ट्रिय आधारभुत विधालय सिव–वर्वा पटवारीटोलामा सरुवा भएको छ ।

३ श्री नेपाल राष्ट्रिय आधारभुत विधालय सिववार्वा पटवारीटोलामा कार्यरत रहेका अख्तर हुसैनको नेपाल रष्ट्रिय प्राथमिक विधालय बौद्धिमाइ सिव–वर्वामा सरुवा भएको छ ।

 

४ नेपाल रष्ट्रिय प्राथमिक विधालय बौद्धिमाई सिव–वर्वामा कार्यरत रहेका राम सुरत साह तेलीको श्री रामतारा नेपाल रष्ट्रिय प्राथमिक विधालय पोखरिया १ बनकटवामा सरुवा भएको छ ।

 

५ श्री रामतारा नेपाल रष्ट्रिय प्राथमिक विधालय पोखरिया १ बनकटवामा कार्यरत रहेका हरिदर्शन त्रिपाठीको नेपाल रष्ट्रिय प्राथमिक विधालय बौद्धिमाई सिव–वर्वामा सरुवा भएको छ ।

 

पोखरिया नगरपालीका अनतर्ग रहेको वडा नम्बर १ देखी १० सम्मा २५ वटा विधालयहरु रहेको छ । सरुवा भएका शिक्षक तथा प्रधानाध्यापकहरुले कार्यभार समभाली रहेका छन ।

 

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed