विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पार्टीहरूलाई विभाजन गराउने शक्तिहरूको अहिले अत्तोपत्तो नरहेको : यादव

सिम्रौन्गढ़ नपा psa

बिराटनगर।

नता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले मधेसी पार्टीहरूलाई विभाजन गराउने शक्तिहरूको अहिले अत्तोपत्तो नरहेको बताएका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

संघीय लोकतान्त्रिक मोर्चाले सोमबार विराटनगरमा आयोजना गरेको जनजागरण अभियानलाई सम्बोधन गर्दै अध्यक्ष यादवले अधिकार मागेर हाेईन खाेसेर लिनेबेलाआएकाे वताउनु भएको छ। मधेसी आदिवासी जनजाति दलित , पिछडा वर्ग लगायत झन्डै देशकाे दुई तिहाइ भन्दा जनसंख्या मधेशी उदाउँदो शक्तिलाई कमजोर बनाउनका लागि मधेसी दलहरू लाई विभाजन गराइएको स्वीकार गरे।

Karaiya Mai Notice Winter

अध्यक्ष यादवले विभाजनका कारण मधेसी पार्टीका नेताहरू अलपत्र अवस्थामा संघर्ष गरिरहेको भन्दै गहिरो चिन्ता व्यक्त गरे। उनले मधेसी दलहरू एक भएर अगाडि बढेको दिन शासक वर्गहरू भाग्ने चेतावनी दिए। सोही दिन देशमा नक्कली नभई पहिचान सहितको वास्तविक संघीयता स्थापना हुने उनको दाबी थियो। हाल कायम रहेको संघीयता लाई उनले नक्कली संघीयताको उपमा दिएका छन्।

जनतालाई एकताका लागि तयारी अवस्थामा रहन आह्वान गर्दै अध्यक्ष यादवले मधेसी दलहरूको एकताले मात्र आफ्नो हक अधिकार र पहिचान सुनिश्चित हुनेमा जोड दिए। यस अभियानले मधेसी समुदाय लाई एकताबद्ध गरी सशक्त आन्दोलनका लागि प्रेरित गर्ने लक्ष्य राखेको छ।

जनजागरण अभियानलाई लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्त ठाकुर, राष्ट्रिय मुक्ति पार्टी नेपालका संयोजक राजेन्द्र महतो, जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष वृखेशचन्द्र लाल लगायतका शीर्ष नेताहरूले पनि सम्बोधन गरेका थिए। कार्यक्रममा सहभागी अन्य नेताहरूले पनि मधेसी मुद्दा र पहिचानको राजनीतिलाई थप बलियो बनाउन एकताको विकल्प नभएकोमा जोड दिएका थिए। यो अभियान मधेसी दलहरूबीच नयाँ ध्रुवीकरणको संकेतका रूपमा समेत हेरिएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
3 Comments
  1. nedine says

    I am sure they meant Nesine, easy to do a typo! Check how it rules: nedine

  2. casibom bonus says

    Casibom bonuses are a game-changer! They really give you extra to play with and increase your chances. Don’t miss out! Check it out casibom bonus

  3. xoilac 89 says

    Anyone know if xoilac 89 is the real deal? Seems legit so far. Let me know if you’ve used it! xoilac 89

Comments are closed

Comments are closed