CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

प्रेस मञ्च मधेश प्रदेशको अध्यक्षमा पुनः यादव

फेटा GP PSA
7,385
सिम्रौन्गढ़ नपा psa

प्रेस मञ्च मधेश प्रदेशको अध्यक्षमा पुनः यादव

सिरहा ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

नता समाजवादी पार्टी(जसपा) नेपालको शुभेच्छुक संस्था प्रेस मञ्च नेपालको मधेश प्रदेश समितिको अध्यक्षमा अभरेन्द्र यादव र मुख्यसचिवमा प्रवेश कुमार मिश्र चयन भएका छन् ।
सिरहाको मिर्चैया नगरपालिकाको एक होटलमा भएको दोस्रो अधिवेशनबाट अध्यक्षमा अभरेन्द्र यादव र मुख्यसचिवमा प्रवेश कुमार मिश्रलाई चयन गरेको हो ।

Karaiya Mai Notice Winter

दुई दिन सम्म चलेको सो अधिवेशनबाट अध्यक्ष यादव सहित २१ सदस्यीय समिति चयन गरेको छ ।
समितिमा उपाध्यक्षमा रामहृदय यादव(धनुषा), माला राय(धनुषा), मुख्यसचिवमा प्रवेश कुमार मिश्र(सप्तरी, त्यस्तै सचिवमा नागेन्द्र यादव(महोत्तरी), प्रभा कुमारी यादव(पर्सा) र समावेशी सचिवमा राम पुकार राउत(रौतहट) र सरोज कुमार यादव(सर्लाही) चयन भएका छन् । त्यस्तै कोषाध्यक्षमा राजेश कुमार सिंह चयन भएका छन् ।

उमेश यादव(रौतहट), राजेश प्रसाद यादव(बारा), शितल साह(सिरहा), ओमप्रकाश यादव(सिरहा), विनय कुमार अधिकारी(धनुषा), बह्मान्नद ठाकुर(धनुषा) र मेवालाल यादव(रौतहट) सदस्यमा चयन भएका छन् । त्यस्तै, महिला सदस्यमा रश्मी पटेल(रौतहट), आदिवासी जनजाती तर्फ जितेन्द्र सिंह दनुवार(सिरहा) र ज्ञानेश्वर मण्डल(सर्लाही) रहेका छन् भने साविर आलम मुस्लिम सदस्यमा चयन भएका छन् । सो अधिवेशनमा भाग लिन मधेश प्रदेशको ८ जिल्ला र अन्य प्रदेशबाट समेत जिल्ला पार्षद, केन्द्रिय पार्षदको सहमती मै अध्यक्षमा यादव सर्वसहमती चयन भएको निर्वाचन समितिका सदस्य शिव अधिकारी यदुवंशीले जनाएका छन् ।

सो अधिवेशन भएसँगै प्रेस मञ्च मधेश प्रदेश समितिले पूर्णता पाएको छ । निर्वाचन समितिका सदस्य शिव अधिकारी यदुवंशीका अनुसार सो समिति दुईपक्षीय सहमतीका आधारमा समिति सर्वसहमति मै समिति चयन भएको हो । चयन समितिलाई प्रेस मञ्च नेपालका अध्यक्ष कमन देवान, कार्यवाहक अध्यक्ष मनोज कुमार यादव सहित केन्द्रिय पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश